- प्रदेश समिति बैठकमा भाग लिन आएका नेपालले विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै आफ्नो मुद्धा भ्रष्टाचारको नभएको बताउदै प्रतिशोध भएको बताएका हुन् ।
विराटनगर : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लगाइएको मुद्धा राजनीतिक पूर्वाग्रह र प्रतिशोध भएको दाबी गरेका छन् ।
प्रदेश समिति बैठकमा भाग लिन आएका नेपालले विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै आफ्नो मुद्धा भ्रष्टाचारको नभएको बताउदै प्रतिशोध भएको बताएका हुन् ।
उनले निजी जग्गा हदबन्दीभन्दा बढी खरिद गर्न कानुनले नै अधिकार दिएको बताउँदै ऐन, कानुन र संविधानअनुसार नै सर्वसम्मत निर्णय भएको बताए । उनले प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति टिप्पणी गर्दै ओलीको दम्भ, अहङ्कार र नीति देशका लागि अभिशाप बनेको बताए ।
अध्यक्ष नेपालले राष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोक नलगाएको स्पष्ट पार्दै नेपालले व्यक्तिको स्वतन्त्र अधिकारलाई सम्मान गर्नुपर्ने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’