- सोमबार वीर अस्पतालको १३६ औं वार्षिकोत्सव समारोहको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले केही सुधार भएपनि पूर्ण रुपमा स्वास्थ्य क्षेत्रको सुधार हुन नसकेको स्वीकार गर्दै स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रको दायित्वबाट सरकार पन्छन नसक्ने बताए ।
काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा अझै पनि सुधार गर्न बाँकी रहेको बताएका छन् ।
सोमबार वीर अस्पतालको १३६ औं वार्षिकोत्सव समारोहको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले केही सुधार भएपनि पूर्ण रुपमा स्वास्थ्य क्षेत्रको सुधार हुन नसकेको स्वीकार गर्दै स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रको दायित्वबाट सरकार पन्छन नसक्ने बताए ।
उनले भने,‘नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधारहरु गर्न बाँकी छ । पूर्णतातर्फ यसलाई लिएर जान आवश्यक छ । केही सुधार भएपनि पूर्ण रुपमा स्वास्थ्य क्षेत्रको सुधार हुन सकेको छैन् । यो कुरा हामीले स्वीकार गर्नुपर्छ । स्वास्थ्य यस्तो संवेदनशिल क्षेत्र हो जुन दायित्वबाट सरकार पन्छिन सक्दैन् ।’
उनले स्वास्थ्य क्षेत्रमा रहेको जनशक्तिलाई अझ क्षमतावान बनाउनको लागि राज्यले थप लगानी गर्न जरुरी रहेको धारणा राखे । जनशक्तिले दबाबमा काम गर्न नसक्ने बताउँदै उनले स्वास्थ्य क्षेत्रमा काम गर्नको लागि सहज वातावरण निर्माणमा आवश्यकता औल्याए ।
‘स्वास्थ्य क्षेत्रमा रहेको जनसमुदायलाई अझ क्षमतावान बनाउनको लागि राज्यले थप लगानी गर्न जरुरी छ । यसको समग्र सुधारको निम्ति हामीले नीतिगत कुराहरु अलि बढि सुधार गर्न आवश्यक छ । तर सबैले महशुस गर्नुपर्ने कुरा के हो भने बीर अस्पतालमा जुन दरबन्दीमा काम गरिरहेको छौं त्यो जनताको लागि हो । स्वास्थ्य क्षेत्रमा काम गर्नको लागि सहज वातारण निर्माण हुन आवश्यक छ । यो जनशक्तिले दबाबमा काम गर्न सक्दैन्,’उनले भने
योगदानमा आधारित बीमा प्रणालीको विकास गर्न सक्यो भने नेपालको स्वास्थ्य क्षेत्रहरु अहिले भन्दा प्रभावकारी ढंगले सेवा दिने स्थिति पुग्न सक्ने उनको भनाई छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’