वीपीको परिकल्पना समृद्ध राष्ट्र निर्माण नै हो :मन्त्री पाण्डे
२०८२ श्रावण ११ आईतवार
- प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार आयोजित ‘वीपी कोइराला राष्ट्रिय पुरस्कार वितरण समारोह’लाई सम्बोधन गर्दै मन्त्री पाण्डेले भने, 'वीपी कोइराला त्यस्तो व्यक्ति हुन्, जसले जहाँनियाँ राणा शासनको विरुद्ध निर्भीकतापूर्वक उभिएर जनतालाई गोलबद्ध गर्दै क्रान्तिको नेतृत्व गर्नुभयो । उहाँले रोपेको लोकतन्त्रको बीउका कारण आज हामीले विभिन्न कालखण्डमा लोकतन्त्र स्थापनाका लागि आन्दोलन गर्न सफल भएका छौं । उहाँको परिकल्पना भनेको समृद्ध राष्ट्र बनाउने, असमानता हटाउने र नागरिकका अधिकार सुनिश्चित गर्ने हो ।'
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले देशको समृद्धिका लागि पहिलो निर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको परिकल्पना नै मार्गदर्शक रहेको बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार आयोजित ‘वीपी कोइराला राष्ट्रिय पुरस्कार वितरण समारोह’लाई सम्बोधन गर्दै मन्त्री पाण्डेले भने, 'वीपी कोइराला त्यस्तो व्यक्ति हुन्, जसले जहाँनियाँ राणा शासनको विरुद्ध निर्भीकतापूर्वक उभिएर जनतालाई गोलबद्ध गर्दै क्रान्तिको नेतृत्व गर्नुभयो । उहाँले रोपेको लोकतन्त्रको बीउका कारण आज हामीले विभिन्न कालखण्डमा लोकतन्त्र स्थापनाका लागि आन्दोलन गर्न सफल भएका छौं । उहाँको परिकल्पना भनेको समृद्ध राष्ट्र बनाउने, असमानता हटाउने र नागरिकका अधिकार सुनिश्चित गर्ने हो ।'
मन्त्री पाण्डेले हालको सरकार निर्माणको पृष्ठभूमिमा एमाले र नेपाली कांग्रेसबीच सहकार्य हुनुमा आवश्यकताबाट उत्पन्न भएको उल्लेख गरे । उनले भने- 'दुई पार्टी नमिल्दा मुलुकमा अस्थिरता मौलाएको थियो । त्यसैले सहकार्य आवश्यक बन्यो । हामी अब २०८४ सालसम्म यही गठबन्धनलाई निरन्तरता दिनेछौं । त्यसपछि एमाले र कांग्रेसबीच स्वच्छ प्रतिस्पर्धा हुनेछ ।'
उनले आगामी निर्वाचनमा दुबै पार्टीका मन्त्रीहरूले गरेका कामको मूल्याङ्कनका आधारमा प्रतिस्पर्धा हुने स्पष्ट पारे ।
कार्यक्रममा विपी कोइरालाको योगदानलाई स्मरण गर्दै विभिन्न क्षेत्रमा विशिष्ट योगदान दिएका चारजना स्रष्टालाई ‘वीपी कोइराला राष्ट्रिय पुरस्कार–२०८१’ बाट सम्मानित गरिएको थियो ।
सम्मानित व्यक्तिहरूमा साहित्यतर्फ मोरङका भुवन ढुंगाना कोइराला, राजनीतिक दर्शनतर्फ सुनसरीकी मीना गुरुङ, अछामका नयनसिंह कठायत तथा बैरागी काँइला नामले चिनिने तिलविक्रम नेम्वाङ रहेका छन् । उनीहरूलाई दोसल्ला, प्रमाणपत्रसहित जनही एक लाख रुपैयाँ नगदसहितको पुरस्कार प्रदान गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
-
नाना पाटेकरको अन्त्येष्टिमाथि अभिनेत्री तनुश्री दत्ताले उठाईन प्रश्न
-
बजेटप्रति असन्तुष्टि जनाउदै सुदूरपश्चिमा एमालेका सांसदले दिए राजीनामा
-
एमसीसीअन्तर्गत न्यू बुटवल सबस्टेसन निर्माण तीव्र, सीमासम्मको प्रसारण लाइन सम्पन्न
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’