कम्युनिष्ट पार्टी नेतृत्वको सरकारबाट देशको अवस्था परिवर्तन भएन : शर्मा
२०८२ श्रावण ६ मङ्गलवार
- मंगलबार ४७ औं पुष्पलाल स्मृति दिवसका सन्दर्भमा आयोजित ‘वर्तमान राजनीति र कम्युनिष्ट आन्दोलन’ कार्यक्रममा बोल्दै उनले कम्युनिष्ट आन्दोलनका एजेण्डा हराउँदै गएकाले कम्युनिष्ट पार्टीमा गम्भीर प्रश्न उठेको बताएका हुन् ।
काठमाडौं : नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पटक पटक कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार रहँदा पनि देशको अवस्था परिवर्तन नहुँदा गम्भीर प्रश्नको सामना गर्नुपरेको बताएका छन् ।
मंगलबार ४७ औं पुष्पलाल स्मृति दिवसका सन्दर्भमा आयोजित ‘वर्तमान राजनीति र कम्युनिष्ट आन्दोलन’ कार्यक्रममा बोल्दै उनले कम्युनिष्ट आन्दोलनका एजेण्डा हराउँदै गएकाले कम्युनिष्ट पार्टीमा गम्भीर प्रश्न उठेको बताएका हुन् ।
उनले भने, ‘आज लाखौँ लाख युवाहरु विदेशमा श्रम पसिना बगाइरहेका छन् । हाम्रो जमिन बाँझो छ, खण्डहर बन्दैछन् । यहाँ गम्भीर प्रश्न छ । आज इतिहासको सबैभन्दा कटुट प्रश्न हो यो । नौ पटक सरकारको नेतृत्व गर्दा के दियौ के बदल्यौं, के पूरा गर्यौ वा किन गरेनौ ? यो प्रश्नको उत्तर दिन कम्युनिष्ट पार्टी तयार हुनुपर्छ ।’
उनले कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बन्दा पनि देशको गरिवीको अवस्था, उत्पीडित जाती, दलितहरु माथिको दमन, अत्याचार उस्तै रहेको बताए ।
यसैगरी कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले पछिल्लो समय राजनीतिक आन्दोलनमा युवा पुस्ताको मनस्थिति फरक रहेको बताए ।
‘हामीले बिर्सिनु हँुदैन हरेक क्रान्तिकारी आन्दोलन यो युगको बौद्धिक आन्दोलन हो ।सर्वश्रेष्ठ बौद्धिक आन्दोलन हो । त्यसको निष्कर्ष आफैंमा बौद्धिक निष्कर्ष हो । आजको राजनीतिक आन्दोलनमा युवाहरुको मनस्थिती फरक छ । युवाको मनस्थिति बुझ्न नसके यसको मूल्य हामीजस्तो दोस्रो पिंढीले तिर्नुपर्नेछ,’ उनले भने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
-
नाना पाटेकरको अन्त्येष्टिमाथि अभिनेत्री तनुश्री दत्ताले उठाईन प्रश्न
-
बजेटप्रति असन्तुष्टि जनाउदै सुदूरपश्चिमा एमालेका सांसदले दिए राजीनामा
-
एमसीसीअन्तर्गत न्यू बुटवल सबस्टेसन निर्माण तीव्र, सीमासम्मको प्रसारण लाइन सम्पन्न
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’