असार लागेपछि नेपालमा मल र मन्त्री हराउने स्थिति छ : गोकुल बाँस्कोटा

२०८२ असार २३ सोमवार
सारांश
  • प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले असार लागेपछि मल र मन्त्री हराउनुपर्ने स्थिति नेपालमा हुने गरेको बताएका हुन् ।

काठमाडौं : नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले असार लागेपछि मल र मन्त्री दुवै हराउने स्थिति दोहोरिएको बताएका छन् ।


प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले असार लागेपछि मल र मन्त्री हराउनुपर्ने स्थिति नेपालमा हुने गरेको बताएका हुन् ।


उनले भने,‘कृषिमन्त्रीज्यू रन्किनुहोला, म यहीँ छु भनेर । यहाँ एउटा अभिषप्त इतिहास र नियती दोहोरिन्छ । असार लागेपछि मल र मन्त्री हराउनुपर्ने स्थिति हुन्छ । भूकम्पबाट राहत बाँड्याजस्तो १० केजी राहत बाँडेर कृषिको उत्पादन वृद्धि कसरी हुन्छ ? तत्काल मलको प्रवन्ध गरियोस् ।’


साथै उनले तत्काल मलको प्रवन्ध गर्न समेत आग्रह गरे ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार