कुलिङ पिरियडसम्बन्धी समस्या हल गर्न संसदीय छानबिन समिति गठन गर्ने

२०८२ असार २१ शनिवार
सारांश
  • शनिबार सभामुखसँग बसेको प्रमुख सचेतकहरुको छलफलले विशेष छानविन समिति गठन गर्ने निर्णय भएको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए ।

काठमाडौं : ‘संघीय निजामती सेवा विधेयक २०८०’ को कुलिङ पिरियडसम्बन्धी छेडखानीलाई हल गर्न संसदीय छानबिन समिति गठन गर्ने भएको छ । 


शनिबार सभामुखसँग बसेको प्रमुख सचेतकहरुको छलफलले विशेष छानविन समिति गठन गर्ने निर्णय भएको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए । 


शाहीका अनुसार आजको बैठकमा आगामी बैठकहरु नया क्यालेन्डरमा कहिले राख्ने र कुन कुन विध्येकहरु लिएर जाने भन्ने विषयमा पनि छलफल भएको थियो । 


‘आजको बैठकमा पहिलो निर्णय आगामी बैठकहरु नया क्यालेन्डरमा कहिले राख्ने र कुन कुन विध्येकहरु लिएर जाने भन्ने विषयमा पनि छलफल भयो । र दोस्रो विषय संघीय निजामती ऐन माथिको छेडखानी भयो ऐनमा क्रृटि भएको भन्ने कुरालाई संसदिय उच्चस्तरीय विशेष छानबिन समिति गर्ने निर्णय भएको छ यो पारीत चै २३ गतेको संसद बैठकबाट हुन्छ,’ उनले भने । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार