प्रस्तावित न्यायाधीश पोखरेलमाथि जनार्दन शर्माले उठाए प्रश्न
२०८२ असार १५ आईतवार
- आइतबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै उनले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश मेघराज पोखरेललाई स्वतन्त्ररुपमा निष्पक्ष भएर न्याय दिने कुरामा प्रश्न गरेका हुन् ।
काठमाडौं :नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित मेघराज पोखरेलमाथि प्रश्न उठाएका छन् ।
उनले राजनीतिक पक्षधरको लगाव त्यागेर स्वतन्त्र रुपमा निष्पक्ष काम हुनसक्नेमा शंका समेत व्यस्त गरे ।
आइतबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै उनले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश मेघराज पोखरेललाई स्वतन्त्ररुपमा निष्पक्ष भएर न्याय दिने कुरामा प्रश्न गरेका हुन् ।
‘यहाँले बारमा पदाधिकारीको रुपमा काम गर्नुभएको छ । बार राजनीतिक धारहरुसँग जोडिएर प्रतिस्पर्धा गर्ने संस्थाको रुपमा काम गर्ने संस्था हो । स्वतन्त्र बार त देखिरहेको छैन । हुनुपर्ने त स्वतन्त्र हो,’ उनले भने ।
उनले राजनीतिक पक्षधरताका कारण कतिपय मुद्धाहरुमा सुनुवाई नै नहुने र त्यसको कारण न्याय ढिलाई भईरहेको बताए ।
उनले भने, ‘बारको प्रतिस्पर्धा कतै न कतै राजनीतिक पक्षधरतासँग जोडिन्छ । त्यसभित्र टर्मिनेन्ट भएर जाने त भन्नुभएको छ । तर पक्षधरको लगाव निष्पक्ष होला त ? भन्ने प्रश्न उठ्न सक्छ । कतिपय मुद्दाहरुमा सुनुवाई नै नहुने हुन्छ त्यसले न्याय ढिलाई हुनु न्याय होइन र ?’
बैठकमा सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित पोखरेलले आफ्ना योजनाको प्रस्तुति दिँदै यदी सर्वोच्चको न्यायाधीशमा अनुमोदित भए राजनीतिक पहिरन छाड्ने बताए ।
‘म एक महिनासम्म हातखुट्टा बन्द गरेर बस्न सक्ने मान्छे हुँ । मलाई राजनीतिक जुत्ता जोड्न केही समस्या होइन । हेर्नुहोला, मलाई त्यो ठुलो समस्या होइन । मेरो राजनीतिको पृष्ठभूमी कति गहिरो थियो अध्ययन गर्नुभएकै होला । तर त्यति गहिरो रुपमा हेर्नुपर्दैन । म छोड्छु । यहाँहरुले बेला बेला सचेत गर्नुहोला,’ उनले भने ।
उनले कोही व्यक्ति सार्वजनिक पदमा जाने भएपछि प्रश्न उठ्छ त्यो सामान्य भएको पनि बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।