संविधान संशोधन स्टन्ड मात्रै, बजेट बिचौलियाका लागि सहज : अध्यक्ष यादव
२०८२ असार १० मंगलवार
- मंगलबार भक्तपुरमा रफत सञ्चारले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आर्थिक, राजनीतिक या अन्य जनतालाई सेवा सुविधा प्रदान गर्ने क्षेत्रमा सरकार पूर्ण असफल भएको भन्दै मानव तस्करीको धन्दामा समेत सरकार लागेको आरोप लगाए ।
काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारले संविधान संशोधनको कुरा स्टन्डको लागि मात्रै प्रयोग गरेको आरोप लगाएका छन् ।
मंगलबार भक्तपुरमा रफत सञ्चारले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आर्थिक, राजनीतिक या अन्य जनतालाई सेवा सुविधा प्रदान गर्ने क्षेत्रमा सरकार पूर्ण असफल भएको भन्दै मानव तस्करीको धन्दामा समेत सरकार लागेको आरोप लगाए ।
उनले भने,‘सरकारले संविधान संसोधन गर्ने भनेको थियो । तर एक वर्ष पुगिसक्दा पनि के–केमा संशोधन गर्ने अत्तोपत्तो छैन् । संविधान संशोधन अहिलेको सरकारले गर्न चाहेको नै होइन् । तर स्टन्डको लागि मात्रै प्रयोग गरेको हो । आर्थिक क्षेत्रमा होस् राजनीतिक क्षेत्रमा होस् या अन्य जनतालाई सेवा सुविधा प्रदान गर्ने क्षेत्रमा सरकार पूर्ण असफल भएको छ । रोजगारीको सृजना त कता हो कता मानव तस्करीको धन्दामा सरकार लागेको चर्चा छ । मानव तस्कर गर्नु रोजगारी सृजना गर्नु होइन् ।’
त्यस्तै उनले सरकारले ल्याएको बजेट गरिब र पछाडि परेको जनताको लागि नभएर विचौंलियाहरुले खेल्ने बजेट ल्याएको टिप्पणी गरे । वर्तमान सरकार सबै क्षेत्रबाट पूर्ण रुपमा असफल हुनकासाथै कांग्रेस एमालेको सहकार्य समेत असफल भइसकेको उनको दाबी छ ।
‘गरिब र पछाडि परेका जनताका लागि त बजेट नै आएको छैन् । यो खाली विचौंलियाहरुले खेल्ने बजेट ल्याएको छ । सरकार सबै क्षेत्रबाट पूर्ण रुपमा असफल छ । अहिले त कांग्रेस एमालेको सहकार्य नै असफल भइसक्यो । यो गठबन्धन नै असफल भयो । यसबाट मुलुकलाई हितभन्दा अहित भएको छ । कांग्रेसलाई अहित भएको छ भन्ने कुरा कांग्रेसकै नेताहरुले भन्नुभएको छ,’उनले भने ।
अध्यक्ष यादवले सरकार गठन हुनुअघिका प्रतिबद्धताहरु केही पनि पूरा नभएको भन्दै आपत्ति जनाए ।
‘सरकारले महत्वपूर्ण प्रतिबद्धताहरु गरेको थियो । त्यसमा सबैभन्दा महत्वपूर्ण विषय मुलुकमा सुशासन दिने,भ्रष्टाचार अनियमितता र अराजकता नियन्त्रण गर्ने अर्को आर्थिक रुपले धरासयी हुँदै गएको अवस्था सुधार गर्ने र संविधान संसोधन गर्ने यी कार्य गर्न सरकार बन्द गरेको प्रतिबद्धता हो । आफैंले गरेको प्रतिबद्धता हो तर अहिले यसो हेर्दै जाँदा सुशासन कुन चराको नाम हो, जनताले अनुभूति गर्न पाएको छैनन् । जतातै भ्रष्टाचार लुट देखेका छन् जनताले,’उनले भने
सरकार बनेको एक वर्षमा अडाई खरब ऋण थपिएको र व्यापार घाटा समेत बढ्दै गएको उनको भनाई छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।