सरकारले बोली एउटा र व्यवहार अर्कै गर्यो, विधेयकबारे ध्यान दिएन : हितराज पाण्डे
२०८२ असाढ ५ बिहिवार
- प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले सरकारले बोल्ने एउटा र व्यवहार अर्को देखाउने गरेको बताएका हुन् ।
काठमाडौं : नेकपा माओवादी केन्द्रका प्रमुख सचेकत हितराज पाण्डेले सदनमा पेश भएका विधेयक पारित गराउने काममा सरकार गम्भीर नदेखिएको भन्दै ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले सरकारले बोल्ने एउटा र व्यवहार अर्को देखाउने गरेको बताएका हुन् ।
उनले भने,‘सदनमा पेश भएका विधेयक पारित गराउने काममा सरकार गम्भीर देखिएको छैन । सरकार बोल्छ एकातिर व्यवहार अर्को देखाउँछ । संघीय निजामती, विद्यालय शिक्षा र नागरिकता विधेयक समयमै पारित होस् ।’
साथै उनले लामो समयको बहस र छलफलपछि सदनमा आएको संघीय निजामती विधेयक चाँडो पारित गरेर प्रदेश र संघीय सरकारका समस्या हल गर्न सरकारको ध्यानाकर्षण गराए ।
संघीय निजामती, विद्यालय शिक्षा र नागरिकता विधेयक समयमै पारित होस् भनेर प्रमुख प्रतिपक्षी दलले बारम्बार दबाब दिइरहेको भए पनि सरकारकै अनिच्छाको कारण ती विधेयक अहिलेसम्म अड्किएको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बजेटप्रति असन्तुष्टि जनाउदै सुदूरपश्चिमा एमालेका सांसदले दिए राजीनामा
-
एमसीसीअन्तर्गत न्यू बुटवल सबस्टेसन निर्माण तीव्र, सीमासम्मको प्रसारण लाइन सम्पन्न
-
चलचित्र ‘म मदनकृष्ण’ को पहिलो चरणको छायांकन सम्पन्न
-
मलेसियाका प्रस्तावित राजदूत खरेलविरुद्ध गम्भीर उजुरी, सांसदहरु सुनुवाई रोकेर छलफलमा
-
ओपनएआईको कार्यालयमा जासुसीको आरोपमा साउदी नागरिक पक्राउ
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’