‘माधव नेपाल’ले कसैसँग घुस लियो भनेर भन्नसक्ने मान्छे धर्तीमै छैनन् : माधव नेपाल
२०८२ जेठ ३० शुक्रवार
- शुक्रबार काठमाडौंमा आयोजित नेकपा एस सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटिद्वारा आयोजित कार्यकर्ता भेला कार्यक्रममा उनले खाएको विष लाग्ने हो नखाएको विष लाग्दैँन् भन्दै नेपालले घुस खाएको कुरा पुष्टि गर्न चुनौती दिएका छन् ।
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले ‘माधव नेपाल’ले पैसा घुस कसैसँग लिएको भनेर भन्नसक्ने मान्छे धर्तीमै नभएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित नेकपा एस सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटिद्वारा आयोजित कार्यकर्ता भेला कार्यक्रममा उनले खाएको विष लाग्ने हो नखाएको विष लाग्दैँन् भन्दै नेपालले घुस खाएको कुरा पुष्टि गर्न चुनौती दिएका छन् ।
उनले भने, ‘तपाइँहरु निश्चिन्त रहनुहोस, खाएको विष लाग्ने हो नखाएको विष लाग्दैँन् । त्यसकारण मैले त चुनौती दिने गरेको छु । मुलुकलाई अगाडि बढाउन सहयोग गर्ने मान्छे हुँ म । दुई वर्ष प्रधानमन्त्री भएर मुलुक चलाउने मै हो, संकटको बेला देशलाई अगाडि बढाउने मै हो । तर कोही मान्छे छ यो धर्तीमा जन्मेको जसले भनोस माधव नेपालले पैसा घुस कसैसँग लिएको छ । म चुनौतीका साथ भन्न चाहान्छु ।’
घुस खाने, भ्रष्टाचार गर्ने मान्छेसँग जोड्ने कुरा सबैभन्दा चित्त दुख्ने कुरा भएको उनको भनाइ छ ।
यस्तै, उनले बिराएको छैन् भने डराउनुपर्ने कुनै आवश्यकता छैन् भन्ने उच्च मनोबलका साथ अगाडि बढेको भन्दै अन्त्यमा सत्यको जित र असत्यको हार निश्चित हुने बताए ।
उनले भने, ‘एउटा मान्यता बोकेर म अगाडि बढेको छु । नबिराउनु, नडराउनु । बिराएको छैन् भने डराउनु पर्ने कुनै आवश्यकता छैन् । मान्छेको मनोबल गिराउने, मान्छेलाई तनाबयुक्त बनाउने र मान्छेको व्यक्तित्वलाई सिध्याउनेगरी लागेका छन् । अझ कोही कोही त धेरै खुरापाती हुन्छन् । तर अन्त्यमा सत्यको जित हुन्छ असत्यको हार हुन्छ । न्यायको जित हुन्छ, अन्यायको हार हुन्छ । अन्याय गर्नेहरुको पतन हुन्छ । इतिहास साक्षी छ । यो उच्च मनोबलका साथ अगाडि बढ्नुपर्ने आवश्यकता छ । यसरी नै अगाडि बढ्न पनि आग्रह गर्न चाहान्छु ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।