- आइतबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले १३ लाख टन रसायनिक मल बजारमा आवश्यक रहेकाले अहिले साँढे चार लाख टन मात्रै रसायनिक मल उपलब्ध रहेको बताएका हुन् ।
काठमाडौ : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले रसायनिक मलको सहज व्यवस्थापन हुनसक्ने अवस्था अहिलेको समयमा नरहेको बताएका छन् ।
आइतबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले १३ लाख टन रसायनिक मल बजारमा आवश्यक रहेकाले अहिले साँढे चार लाख टन मात्रै रसायनिक मल उपलब्ध रहेको बताएका हुन् ।
उनले भने, ‘रसायनिक मलको सहज व्यवस्थापन हुन सक्ने अवस्था अहिलेको समयमा छैन । १३ लाख टन रसायनिक मल बजारमा आवश्यक छ । हामीसँग साँढे ४ लाख टन मात्रै रसायनिक मल छ । हामीले रसायनिक मलको व्यवस्थापन गर्न सकेका छैनौं । कारण के हुनसक्छ भन्दा आर्थिक रुपले नै हामी त्यो व्यवस्थापन गर्न सकिरहेका छैनौं ।’
साथै उनले रसायनिक मलका लागि बजारमा जुन ढंगको आलोचना भइरहेको छ त्यसलाई स्वभाविक रुपमा स्वृकार गर्दै प्राप्त भएका रसायनिक मललाई निष्पक्षताका साथ व्यवस्थापन गर्नुपर्ने बताए ।
उनले रसायनिक मललाई निष्पक्षताका साथ व्यवस्थापन गर्नका लागि प्रदेशलाई जिम्मेवारी सुम्पिएको र आवश्यकताका आधारमा प्रत्येक स्थानिय तहमा पुर्याइने बताए ।
उनले भने, ‘आर्थिक रुपमा हामी चाँही रसायनिक मलका लागि जति व्यवस्थापन गर्न सक्नुपथ्र्यो त्यो सकेका छैनौं । सहज व्यवस्थापन हुन सकेको छैन र बजारमा जुन ढंगको आलोचना भएको छ त्यसलाई हामीले स्वभाविक रुपमा स्वृकार गर्दै प्राप्त भएका रसायनिक मललाई निष्पक्षताका साथ व्यवस्थापन गर्नका लागि हामीले प्रदेशलाई जिम्मेवारी सुम्पिएका छौं । प्रदेशमार्फत प्रत्येक स्थानिय तहमा आवश्यकताका आधारमा व्यवस्थापन गर्ने काम गरेको छौं मन्त्रालयको तर्फबाट ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।