सिटिइभिटीको शिक्षा प्रणालीलाई स्तरोन्नती गर्न अत्ति आवश्यक छ : पोखरेल
२०८२ जेठ २० मंगलवार
- मंगलबार नेकपा (एमाले)को केन्द्रीय विज्ञान तथा प्रविधि विभागको आयोजनामा आर्थिक बर्ष ०८२÷०८३ को बजेटमा विज्ञान प्रविधि र नवप्रवर्तन विषयक अन्तरक्रियामा बोल्दै उनले अर्धप्राविधिक जनशक्तिका रुपमा नेपालको श्रम बजारमा भारतीय युवाहरु मात्र रहेको भन्दै सिटिइभिटीको शिक्षालाई स्तरोन्नती गर्र्नुपर्ने बताएका हुन् ।
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को शिक्षा प्रणालीलाई स्तरोन्नती गर्नुपर्ने बताएका छन् ।
मंगलबार नेकपा (एमाले)को केन्द्रीय विज्ञान तथा प्रविधि विभागको आयोजनामा आर्थिक बर्ष ०८२÷०८३ को बजेटमा विज्ञान प्रविधि र नवप्रवर्तन विषयक अन्तरक्रियामा बोल्दै उनले अर्धप्राविधिक जनशक्तिका रुपमा नेपालको श्रम बजारमा भारतीय युवाहरु मात्र रहेको भन्दै सिटिइभिटीको शिक्षालाई स्तरोन्नती गर्र्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘नेपालको श्रम बजारमा सबैभन्दा धेरै भारतीय युवाहरु आएर अर्धप्राविधिक जनशक्तिका रुपमा सबै क्षेत्रमा काम गरिरहेका छन् । उनीहरुले प्राप्त गरेको रेमिट्यान्सले हाम्रो ठुलो संख्यामा युवाहरु गएर प्राप्त गरेको रेमिट्यान्सको ठुलो हिस्सा भारत लिएर जान्छन् । यस अर्थमा हाम्रो सिटिइभिटीको शिक्षालाई आवश्यकता पुरा गर्नेगरी स्तरोन्नती गर्न सक्नुपर्दछ । प्रमाण पत्र दिएका छौं, सीप दिन सकेका छैनौै ।’
उनले यस पटकको नीति तथा कार्यक्रमले शिक्षा प्रणालीलाई रोजगारीसँग जोड्न खोजेको पनि बताए । यसैगरी उनले सूचना प्रविधिको क्षेत्रमा काम गर्नेहरुको लागि नीतिले धेरै फराकिलो आधार बनाएको पनि बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।