सांसदलाई विकास प्रक्रियाबाट अलग गर्नुपर्ने नकारात्मक भाष्य निर्माण गरियो’
२०८२ जेठ ६ मंगलबार
- मंगलबार बसेको प्रतिनिधि सभामा बोल्दै उनले मानिसहरु सांसदलाई विकास प्रक्रियाबाट अलग गर्नुपर्ने नकारात्मक भाष्य निर्माण गर्न लागेको भन्दै यस्तो धारणा राखेका हुन् ।
काठमाडौं : नेकपा एमालेका सांसद सूर्य बहादुर थापाले निर्वाचन क्षेत्रको विकास प्रक्रियामा निर्वाचित सांसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभामा बोल्दै उनले मानिसहरु सांसदलाई विकास प्रक्रियाबाट अलग गर्नुपर्ने नकारात्मक भाष्य निर्माण गर्न लागेको भन्दै यस्तो धारणा राखेका हुन् ।
उनले भने, ‘निर्वाचन क्षेत्रको विकास प्रक्रियामा निर्वाचित सांसदको भूमिकालाई प्रभावकारी, अटुट र अन्योयास्रित रुपमा जोड्नु अनिवार्य छ । समाजमा एकथरी मानिसहरु यसकार्यमा सांसदलाई अलग गर्नुपर्ने वाइयात छलफल, बुद्धि विलास, पूवाग्रही एवम् नकारात्मक भाष्य निर्माण गर्न लागेको भेटिन्छन् ।’
उनले सांसदहरुलाई कोष नभइ योजना सिफारीस गर्ने अधिकार भएको बताए । उनले निर्वाचित जनप्रतिनिधिहरुको भूमिका कमजोर बनाउने कार्य कुनै बहानामा पनि उचित नहुने भन्दै यसमा आम नागरिकको असन्तुष्टि थप बढ्दै जाने बताए ।
‘सांसदहरुलाई कोष होइन योजना सिफारिस गर्ने अधिकार दिंदा त्यसकाविरुद्ध किन वकवास गरिन्छ ? बजेट सुन्ने, छलफल गर्ने, पारित गर्ने सांसदहरुको संवैधानिक र कानूनी अधिकार नै हो । निर्वाचित जनप्रतिनिधिहरुको भूमिका कमजोर बनाउने कार्य कुनै बहानामा पनि उचित र सहि हुन सक्दैन । यसबाट व्यवस्था विरोधी, अस्थिरतावादीहरु र अराजकतावादीहरु हौसिने तथा अनाश्वयक रुपमा आम नागरिक र मतदाताहरुमा थप असन्तुष्टि बढ्दै जान्छ,’ उनले भने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत
-
२४ घण्टामा देशभर सवारी दुर्घटनामा १४ को मृत्यु, १९१ जना घाइते
-
अमेरिकाले युद्धमा हस्तक्षेप गरे पीडादायी जवाफ दिने हुथी समूहको चेतावनी
-
बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४ प्रतिशत, कृषि उत्पादनमा ७.८ प्रतिशतले गिरावट
-
काठमाडौँ महानगरमा ‘पुस्तकरहित शुक्रबार’ सञ्चालन मार्गदर्शन स्वीकृत
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’