कसैलाई पनि बहुमत ल्याउन नदिने प्रणाली हामीसँग छ : प्रधानमन्त्री ओली
२०८२ जेठ ५ सोमबार
- सोमबार नेपाल उत्पीडित जातीय मुुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले एमालेले एकल बहुुमत ल्याउन चुनौतीपूर्ण भएतापनि यो काम एमालेका लागि सम्भव रहेको भन्दै मिसन ०८४ मा एमालेको एकल बहुमत ल्याउनेगरी तयारीमा जुटिरहेको बताए ।
काठमाडौँ : प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ सालमा हुने निर्वाचनमा एमालेले एकल बहुुमत ल्याउने दाबी गरेका छन् ।
सोमबार नेपाल उत्पीडित जातीय मुुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले एमालेले एकल बहुुमत ल्याउन चुनौतीपूर्ण भएतापनि यो काम एमालेका लागि सम्भव रहेको भन्दै मिसन ०८४ मा एमालेको एकल बहुमत ल्याउनेगरी तयारीमा जुटिरहेको बताए ।
उनले भने, ‘हामीले मिसन ०८४ को उद्देश्य लिएका छौं । एकल बहुमत ल्याउने उद्देश्य लिएको छौं । यो असम्भव छैन् । यो विलकुल सम्भव उद्देश्य हो । कसैलाई पनि बहुमत ल्याउन नदिने प्रणाली हामीसँग छ । समानुपातिकसहितको विद्यमान परिपाटीबाट साधारणतयाः कुनै एक दलको बहुुमत आउन गाह्रो छ तर हामीले प्रणाली चुनिसकेको छौं । चुनौतीपूर्ण छ ,तर यो काम एमालेका लागि सम्भव छ । त्यसैले मिसन ०८४ एमालेको एकल बहुमत ल्याउनेगरीको तयारीमा जुटिरहेका छौं ।’
त्यस्तै उनले आफूहरु व्यक्तिगत र पार्टीगत स्वार्थ नहेरी देशको सुशासन, स्थिरता, विकास, समृद्धि, राष्ट्रिय स्वाधिनता र अखण्डताका लागि काम गरिरहेको दाबी गरे । विपक्षीहरुले जनतामा भ्रम छर्न खोजेको भन्दै त्यसलाई बुझेर आफैं त्यसकाविरुद्ध लाग्नुपर्ने उनले बताए ।
उनले भने,‘पार्टीका रुपमा विकसित गर्न लाग्नुुपर्छ । व्यक्तिगत र पार्टीगत स्वार्थ नहेरी देशको सुशासन, स्थिरता, विकास, समृद्धि, राष्ट्रिय स्वाधिनता र अखण्डताका लागि काम गरिहेका छौँ । अराजकतावादीहरुले यस प्रयासमा भाँजो हाल्न सक्छन् । अराजकतावाद सदैव हाम्रो दुुष्मन हो । विपक्षीहरुले जनतामा हाम्राविरुद्ध भ्रम फिँजाउन खोजेका छन् । त्यस्तो भ्रम चिर्न हामी सुदृढ र एकताबद्ध भएर लाग्नुपर्नेछ ।अहिले हामीमाथि प्रहार भइरहेको छ। सोसल मिडियाबाट हाम्रा विरोधी भन्नाले देशको भलो नचिताउने, शान्ति सुव्यवस्था नचिताउने, सुशासन नचिताउने र विकासको गतिलाई तिव्र ढंगले अगाडि बढाउने कुरामा लाग्न नचाहने तत्वहरुले हाम्राविरुद्ध प्रचार गरिरहेका छन्, त्यसलाई बुझेर आफैं त्यसकाविरुद्ध लाग्नुपर्छ ।’
प्रधानमन्त्री ओलीले उनले एमाले पार्टी र आन्दोलन एक दिनको भुल्को नभएको भन्दै कुनै एउटा चटके कुरा गर्दिएर हाहा..हु.. गर्ने जमात पनि नभएको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’