माइतीघरको धर्नामा पूर्वसांसद चौधरी, राजसंस्था स्थापना र कार्यकर्ता रिहाइको माग
२०८२ वैशाख २९ सोमवार
- गत चैत्र १५ गते तीनकुनेमा भएको राजावादीहरुमो प्रदर्शनका क्रममा गिरफ्तार भएका नेताहरुको रिहाइका लागि उनी धर्नामा सहभागी हुन माइतीघर पुगेकी हुन् ।
काठमाडौं : पूर्वसांसद एवम पछिल्लो समय राजावादी आन्दोलनमा सक्रिय गंगा चौधरी सोमबार माइतीघर मण्डलामा भेटिएकी छन् ।
गत चैत्र १५ गते तीनकुनेमा भएको राजावादीहरुमो प्रदर्शनका क्रममा गिरफ्तार भएका नेताहरुको रिहाइका लागि उनी धर्नामा सहभागी हुन माइतीघर पुगेकी हुन् ।
राष्ट्रवादी मातृशक्ति नेपाल नामक पार्टीको व्यानरमा माइतीघरमा जारी धर्नामा उनीपनि सहभागी छन् । भ्रष्ट्राचार, बलात्कार र वेतिथिको अन्त्य गर्नको लागि आफूहरु सडकमा आएको बताइन् ।
आस्थाका बन्दीहरुको रिहाइ, घाइतेहरुको उपचार, भ्रष्ट्राचार, बलात्कार, वेतिथिको अन्त्य, हिन्दु अधिराज्य कायम र राजसंस्था स्थापनाको माग राख्दै मातृशक्ति नेपालले धर्ना गरेको हो ।
सोही धर्नामा सहभाभी पूर्वसांसद चौधरीले देश भ्रष्ट्राचार, वेतिथि र गरिबीको चरम अवस्थामा पुग्दा पनि सरकार कुर्सी जोगाउनतर्फ मात्र लागिरहेको बताइन् ।
उनले भनिन्, ‘आज वर्तमान सरकारले राम्रो काम गरेको भए, ठाँउ ठाँउबाट आम जनताको विरोधको स्वरहरु गुन्जिदैँन् थियो होला । आज जता पनि वेतिथि छ, देशमा गरिबीको चरम अवस्था सिर्जना भएको छ । यस्तो अवस्थामा पनि सरकार कुर्सी कसरी जोगाउने भनेर मात्र लागि रहेको छ ।’
यस्तै, उनले राजाको समयमा २१२ वटा कारखानाहरु संचालनमा रहेर आत्मनिर्भर बनेको नेपालमा आज आयातको अवस्थामा पुगेको बताइन् ।
उनले भनिन्, ‘हिजोको दिनमा राजाहरुले २१२ वटा कारखानाहरु खोलेका थिए । देशलाई आत्मनिर्भर बनाएका थिए । हाम्रो देशबाट अन्नहरु निर्यात हुन्थ्यो । आज आयातको अवस्थामा कसरी पुग्यौं । यो कुरा नेपाली जनताले खोज्नुपर्छ । नेपालमा उत्पादन भएको कपडा लगाउन पनि गाह्रो हुने अवस्था सिर्जना भएको छ । यस्तो अवस्था कसले गर्दा भएको भन्दा यही वर्तमान सरकार र नेताहरुले हो ।’
एमालेको तर्फबाट समानुपातिक सांसद बनिसकेकी चौधरी गत प्रतिधिसभा चुनावमा एमालेले टिकट नदिएपछि दाङ १ बाट स्वतन्त्र उम्मेदवार बनेकी थिइन । उक्त क्षेत्रमा नेकपा एकीकृत समाजवादीका मेटमणी चौधरी विजयी भएका थिए ।
बागी उम्मेदवार बनेपछि चौधरीलाई एमालेले कारवाही गरेको थियो । त्यसपछि उनले धार बदलेकी थिइन् । डेढ बर्षअघि पूर्वराजा ज्ञानेन्द्र शाह भैरहवामा पुग्दा उनी स्वागतको लाइनमा देखिएकी थिइन् भने केही महिनाअघि पोखराबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमार्फत काठमाडौं आएका ज्ञानेन्द्रको स्वागतमा पनि उनी पुगेकी थिइन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’