सुनचाँदी व्यवसायीका लागि ऐन आवश्यक छ : माणिकरत्न शाक्य

२०८२ वैशाख २७ शनिवार
सारांश
  • शनिबार नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समिति राष्ट्रिय भेलामा नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले सबै व्यवसायहरुको ऐन कानुन हुँदा सुनचाँदी व्यवसायीहरुको लागि पनि सरकारले चाँडै ऐन बनाउनुपर्ने बताएका हुन् ।

काठमाडौं : नेपाल सुनचाँदी व्यवसायी महासंघका निर्वतमान अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदी व्यवसायीहरुको लागि ऐन बनाउनुपर्ने बताएका छन् ।


शनिबार नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समिति राष्ट्रिय भेलामा नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले सबै व्यवसायहरुको ऐन कानुन हुँदा सुनचाँदी व्यवसायीहरुको लागि पनि सरकारले चाँडै ऐन बनाउनुपर्ने बताएका हुन् ।


उनले भने, ‘यसमा काम गर्ने कालिगढको रोजगारीको सुरक्षा, आम्दानीको सुरक्षा, र सबै सुुनिश्चितता हुनुपर्छ । विशेषगरी सुनचाँदीको ऐन नै छैन । विभिन्न व्यवसायहरुको ऐन छ तर सुनचाँदी व्यवसायीहरुको लागि ऐन नै छैन । सरकारले चाँडै ऐन बनाउनुपर्छ । सबैको व्यवसायी ऐन कानुन हुँदा किन सुनचाँदी व्यवसायीको ऐन कानुन भएन यसमा हामीले छलफल गरेर अगाडि बढाउन जरुरी छ ।’


साथै उनले सुनचाँदी पेसामा लगभग २२ हजार भन्दा बढि व्यवसायीहरु आवद्ध रहेको बताए । उनले लगभग १०० अर्ब भन्दा बढिको कारोवार हरेक वर्ष यो  व्यवसायमा भैइरहेको समेत बताए ।


उनले भने, ‘देशमा लगभग २२ हजार भन्दा बढि व्यवसायीहरु यो पेसामा आवद्ध छन् ।  देशको अर्थतन्त्रको ठूलो हिस्सा हो सुनचाँदी व्यवसाय । लगभग १०० अर्ब भन्दा बढिको कारोवार हरेक वर्ष यो व्यवसायमा भैइरहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार