- अर्थ समितिको बैठक बिहान साढे ११ बजे बस्दैछ । बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा विज्ञहरूसँग छलफल गरिने कार्यसूची रहेको छ ।
काठमाडौं : संघीय संसद अन्तर्गत आज विभिन्न चारवटा समितिको बैठक बस्दैछ । आइतबार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो ।
अर्थ समितिको बैठक बिहान साढे ११ बजे बस्दैछ । बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा विज्ञहरूसँग छलफल गरिने कार्यसूची रहेको छ ।
यसैगरी अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे समितिको बैठक कक्षमा बस्ने भएको छ । बैठकमा समितिको वार्षिक प्रतिवेदन बारे आन्तरिक छलफल गरिनेछ ।
आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक विहान १०ः३० बजे सिंहदरबारमा बस्दैछ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सम्बन्धी र समग्र कृषि क्षेत्रको बिकासमा सिंचाई, मलखाद, चक्लाबन्दी, प्रविधिको प्रयोग, अनुदान, बजारीकरण लगायतका विषयमा कृषि, वन, उर्जा, भूमि र अर्थ मन्त्रालयसँग छलफल गरिने कार्यसूची रहेको छ ।
यस्तै, संघीय संसद, सार्वजनिक लेखा समितिको ४० औं बैठक आज दिनको १ः३० बजे बस्दैछ । बैठकमा सा.ले.स.को २३ औं प्रतिवेदनको मस्यौदा र पोखरा विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन सम्बन्धमा, उजुरी तथा बेरुजु छलफलको प्रगति सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’