- सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले परम्परागत भन्दा एक कदम अगाडि बढ्नुपर्ने भएपनि त्यसो हुन नसकेको टिप्पणी गरेका हुन् ।
काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा.प्रकाशशरण महतले नीति तथा कार्यक्रम समग्रमा राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।
सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले परम्परागत भन्दा एक कदम अगाडि बढ्नुपर्ने भएपनि त्यसो हुन नसकेको टिप्पणी गरेका हुन् ।
उनले भने, ‘नीति कार्यक्रम समग्रमा ठिकठाकै छ । तर यसलाई अझ परिवर्तन गर्न सकिन्थ्यो । केही बोल्ड कुराहरु परम्परागत भन्दा एक कदम अगाडि बढ्नुपथ्र्यो, त्यसो हुन सकेन केही कमी छ, तर समग्रमा ठीक छ । मुलुभुत रुपमा कार्यान्वयनमा निर्भर रहन्छ । बजेटले दिएको कार्यदिशाअनुसार कार्यान्वयन हुन्छ ।’
साथै उनले कृषि, शिक्षा र पूर्वाधार क्षेत्रमा जसरी आउनुपर्ने हो, त्यसरी कार्यक्रम नआएको बताए । उनले अर्थतन्त्र चलायमान बनाउन सडक, सिंचाइ, खानेपानी र सबैभन्दा बढी परिणाम आउने क्षेत्रबारे ठोस रुपमा आउनुपर्ने त्यो हुन नसकेको बताए ।
उनले भने, ‘अर्थतन्त्र चलायमान बनाउन सडक, सिंचाइ, खानेपानी र सबैभन्दा बढी परिणाम आउने क्षेत्रबारे ठोस रुपमा आउनुपर्ने थियो त्यो हुन सकेन । स्वास्थ्य क्षेत्रमा पनि जुन रुपमा जानुपर्ने हो त्यो व्यवहारमा जान समस्या हुन्छ । योभन्दा एक कदम अघी बढ्न सकिन्थ्यो त्यसमा चुकेको आभास भयो ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कार्की आयोगको प्रतिवेदनमा सुरक्षा निकाय बारे अध्ययन गर्न सरकारले बनायो समिति
-
मन्त्रिपरिषद्को बैठक जारी
-
परराष्ट्रमन्त्री खनालसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
-
अमेरिकाको आरोप असत्य छ, इरानलाई सैन्य हतियार दिएका छैनौं- चीन
-
भुमि व्यवस्था मन्त्रालय लुम्बिनीका तत्कालिन सचिवसहित १६ जनाविरुद्ध मुद्धा दायर
धेरै पढिएको
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
-
कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क
-
उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिबेदनमा के छ ? - हेर्नुहोस पुर्णपाठ
-
के इन्डक्सनमा पानी पर्दा साच्चै बिजुलीको झट्का लाग्छ ?
विशेष
इरानको आन्तरिक संरचना र मध्यपूर्वको युद्ध
मध्यपूर्वमा डलर, तेल, र धर्मको मिश्रणले राजनीति, कूटनीति, र द्वन्द्व सिर्जना गरेको छ । यसले मुख्य उद्देश्य सभ्यताको रक्षा तथा नेतृत्व जस्तो देखिन सक्छ । यही कारणले यो संघर्ष करिब अन्तहीन जस्तो देखिन्छ । केही समयको विश्रामपछि नयाँ संस्करणको युद्ध फेरि सुरु हुन्छ ।