विदेशमा हासिल गरेको ज्ञान, सीप, अनुभव र पुँजीमार्फत देश समृद्ध हुन्छ : देउवा

२०८२ वैशाख १८ बिहीवार
सारांश
  • बिहीबार नेपाली कांग्रेसको जनसम्पर्क विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विदेशमा हासिल गरेको ज्ञान, सीप र पुँजीलाई स्वदेशमा लगाएर देशको तीव्र आर्र्थिक विकास गर्नको लागि राष्ट्रिय सहमति गराएरै नीतिगत परिवर्तन गर्ने विश्वास दिलाए ।

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशमा हासिल गरेको ज्ञान, सीप, अनुभव र पुँजीलाई स्वदेशमा लगाएर देशको तीव्र आर्थिक, सामाजिक विकास गराउनुपर्ने बताएका छन् । 


बिहीबार नेपाली कांग्रेसको जनसम्पर्क विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विदेशमा हासिल गरेको ज्ञान, सीप र पुँजीलाई स्वदेशमा लगाएर देशको तीव्र आर्र्थिक विकास गर्नको लागि राष्ट्रिय सहमति गराएरै नीतिगत परिवर्तन गर्ने विश्वास दिलाए । 


उनले भने,‘विदेशमा हासिल गरेको ज्ञान, सीप, अनुभव र पुँजीलाई स्वदेशमा लगाएर देशको तीव्र आर्थिक, सामाजिक विकास गराउन के कस्ता नीतिगत परिवर्तन गर्नुपर्छ निर्धक्क भन्नुहोस् । राष्ट्रिय सहमति गराएरै त्यसलाई पारित गराउँछौँ । विदेशमा रहेका नेपालीलाई सक्रिय बनाएर आइपरेका समस्याहरु समाधान गर्ने प्रवासमा रहेका नेपालीहरूलाई अध्ययन रोजगारी र व्यवसायमा सघाउने राज्यका निकायहरूलाई परिचालन गराउने सबै क्रियाशील रहनेछु । विश्वको जुनसुकै मुलुकमा भएपनि नेपालीप्रति सम्मान आदरभाव प्रकट हुने अवस्था सिर्जना गर्नुहुनेमा म विश्वस्त छु ।’ 


त्यस्तै उनले विश्वको जुनसुकै कुनामा रहेपनि नेपालीहरूप्रति सम्मान हुने वातावरण सिर्जना गर्नुपर्ने बताए । अमेरिका तथा भारतमा रहेका प्रवासी नेपालीलाई पार्टीको केन्द्रीय सदस्यमा प्रतिनिधित्व गराएको भन्दै युरोपलगायत कतिपय छुटेका देशबाट पनि पार्टीमा प्रतिनिधित्व गराउने उनको भनाइ छ ।


उनले भने,‘तपाईंहरुलाई पार्टीको गतिविधिमा समान रुपले प्रतिनिधित्व गराउँदै लैजाने अभिप्रायले जनसम्पर्क समितिको गठनलाई उत्तिकै महत्व दिएका छौँ । जति देशमा पार्टी संगठनको निर्माणमा दिएका छौँ । पार्टीको महाधिवेशन, महासमितिमा प्रतिनिधित्वको अलावा, समान नागरिक अधिकार दिने कुरामा पनि प्रयास गरिरहेका छौं । लोकतन्त्रलाई बचाउन तपाईहरू जस्ता शिक्षित अनुभवीले परिस्थिति मिलाएर नेपाली काँग्रेसलाई पवित्र मन–वचन र कर्मले निरन्तर सघाउनुपर्ने खाँचो छ । विदेशमा रहेका नेपालीहरूको प्रतिनिधित्व अमेरिका र भारतले पाएको छ हाम्रो केन्द्रीय सदस्यको रुपमा तर युरोप छुटेको छ । एसिया पनि छुटेको छ । आउँदो पार्टीको महाधिवेशनमा विधानलाई संशोधन गरेर प्रतिनिधित्व सुनिश्चित गर्छौँ ।’


सोही कार्यक्रममा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले एनआरएनए कार्डको व्यवस्थापन चाँडै हुने बताइन । उनले विभिन्न समयमा आएका अस्थायी सरकार गैरआवासीय नेपाली नागरिकता र कार्डका सवालमा काम गर्न नसकेको तर हालको सरकाले काम अघि बढाएको बताइन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार