विश्वभरको मानव अधिकारको अवस्था प्रतिकुल बन्दै गएकोमा चिन्ता
२०८२ वैशाख १६ मंगलवार
- मंगलवार काठमाडौंमा वार्षिक मानव अधिकार प्रतिवेदनको विमोचन गर्दै एम्नेस्टी इन्टरनेसनलका निर्देशक निराजन थपलियाले राष्ट्रपति ट्रम्पको पहिलो १०० दिनले सन् २०२४ मा देखिएको विश्वव्यापी प्रतिगमन र गहिरोसँग जरा गाडेर रहेको प्रवृत्तिहरूलाई अझ तीव्र बनाएको बताएका छन् ।
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको प्रभावले विनाशकारी प्रवृत्तिहरूलाई तीव्र बनाएका कारणले विश्वव्यापी रूपमा नै मानवअधिकार सङ्कटमा परेको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ ।
मंगलवार काठमाडौंमा वार्षिक मानव अधिकार प्रतिवेदनको विमोचन गर्दै एम्नेस्टी इन्टरनेसनलका निर्देशक निराजन थपलियाले राष्ट्रपति ट्रम्पको पहिलो १०० दिनले सन् २०२४ मा देखिएको विश्वव्यापी प्रतिगमन र गहिरोसँग जरा गाडेर रहेको प्रवृत्तिहरूलाई अझ तीव्र बनाएको बताएका छन् ।
‘अन्तर्राष्ट्रिय मानवअधिकारको संरक्षणलाई निस्तेज पारिरहेको र विश्वका अर्बौं मानिसहरूको जीवनलाई जोखिमततिर धकेलिरहेको ट्रम्प प्रशासन मानवअधिकार विरोधी अभियानले यसअघिदेखि नै विश्वमा विद्यमान हानिकारक प्रवृत्तिहरूलाई थप तीव्र बनाइरहेको चेतावनी दिएको छ,’ उनले भने ।
उनले द्वन्द्वहरुका कारण सरकारले निर्मम दमन गरेको पनि बताए ।
उनले भने, ‘वर्षैपिच्छे मानवअधिकारमा भएको उपलब्धिबाट पछि हट्ने जोखिमताका बारे चेतावनी दिँदै आएका छौं । प्रत्यक्ष प्रसारण भइरहेको तर कसैले वास्ता नगरेको इजरायलद्वारा गाजामा भइरहेको प्यालेस्टिनीहरूको जातीय संहार मात्र नभएर विगत १२ महिनामा भएका घटनाहरूले सबैभन्दा शक्तिशाली राष्ट्रहरूले अन्तर्राष्ट्रिय कानुनलाई त्याग्ने र बहुपक्षीय संस्थाहरूको बेवास्ता गर्ने कार्यले गर्दा संसारमा धेरै मानिसहरूका लागि कति नारकीय बन्न सक्छ भन्ने उदाङ्गो छ ।’
उनले संसारभरी भावी पुस्ता सङ्कटमा पर्नुका साथै शरणार्थी, महिला, बालिकाहरुको अधिकारविरुद्ध प्रतिकुलता बढिरहेको पनि बताए ।
‘विश्वव्यापी असमानता जलवायु सङ्कट र प्रविधिगत रुपान्तरणले चुनौति थपिदिएको छ । ति चुनौतिलाई सम्बोधन गर्न संसारका सबै राष्ट्र विफल भएका छन् । जसले गर्दा भावी पुस्ता ठुलो सङ्कटमा रहेको देखिन्छ । आप्रावासी, शरणार्थी, महिला, बालिका र यौनिक एवम फरक पहिचान भएका व्यक्तिहरुको अधिकारविरुद्ध संसारभरि प्रतिकुलता बढिरहेको छ,’ उनले भने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।