ओजपूर्ण अभिव्यक्तिले नै लोकतन्त्र सफल हुन्छ : सांसद विष्ट
२०८२ बैशाख १२ शुक्रबार
- शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अधिकतम भन्दा अधिकतम सहमति, समझदारी र मर्यादाका आधारमा समाधान खोज्नेगरी काम गर्न आवश्यक रहेको बताएका हुन् ।
काठमाडौं : नेकपा एमालेका सांसद गोर्कण विष्टले देशलाई सहि बाटोमार्फत र जनतामा आशा जगाउने हिसावले अगाडि बढ्न जरुरी रहेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अधिकतम भन्दा अधिकतम सहमति, समझदारी र मर्यादाका आधारमा समाधान खोज्नेगरी काम गर्न आवश्यक रहेको बताएका हुन् ।
उनले भने, ‘हामीले अधिकतम भन्दा अधिकतम सहमति, समझदारी र मर्यादाका आधारमा समाधान खोज्ने गरी काम गर्न सक्नुपर्छ । केही अराजकता, अस्थिरता चाहने शक्तिहरुले नेपाली समाजलाई दिशाविहीन बनाउने कोशिस गरिरहेका छन् । तर जनताले हामीलाई सुम्पिएको दायित्व भनेको देशमा देखापर्ने सम्भाविता, अराजकता र अस्थिरतालाई संबैधानिक कानूनी हिसावले नियन्त्रण गर्दै देशलाई सही बाटोबाट अगाडि लौजाने र जनतामा आशा जगाउने हिसावले अगाडि बढाउन जरुरी छ ।’
साथै उनले सांसदहरुले नै व्यक्त गर्ने ओजपूर्ण अभिव्यक्तिले नै देशको लोकतन्त्र सफल हुन सक्ने बताए । उनले सरकारले आमजनताका समस्याहरु समाधान गर्ने गरी, सम्भावनको अधिकतम उपयोग र चुनौतिहरुलाई सामना गर्नेगरी नीति कार्यक्रम र बजेट ल्याउनुपर्ने बताए ।
उनले भने, ‘सांसदहरुले नै व्यक्त गर्ने ओजपूर्ण अभिव्यक्तिले नै देशको लोकतन्त्र सफल हुन सक्दछ । संसदीय मर्यादा बलियो हुन सक्छ । सरकारले आम जनताका समस्याहरु समाधान गर्नेगरी, सम्भावनको अधिकतम उपयोग र चुनौतिहरुलाई सामना गर्नेगरी नीति कार्यक्रम र बजेट ल्याएर जनताका बिचमा आशा जगाउने छ । उत्पन्न भएका अनेकौं संकटको समाधान लोकतन्त्रको अभ्यासद्वारा नै आशा जोगाउन आवश्यक छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’