- नेपाल शिक्षक महासंघको नेतृत्वमा २० औँ दिन सोमवार पनि काठमाडौंमा प्रदर्शन गर्ने भएका हुन् ।
काठमाडौं : विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनरत रहेका शिक्षकहरुले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएका छन् ।
नेपाल शिक्षक महासंघको नेतृत्वमा २० औँ दिन सोमवार पनि काठमाडौंमा प्रदर्शन गर्ने भएका हुन् ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत आजको प्रदर्शन बिहान ९ बजेबाट माइतीघर मण्डलामा सुरु हुने जानकारी दिएका छन् ।
उनले अझै केही दिन आन्दोलनमा जुट्नुको विकल्प नरहेको भन्दै सदा झैँ अनुशासन र मर्यादा कायम राखेर संयमसहित आन्दोलनमा निरन्तर डटिरहन आग्रह गरेका छन् ।
शिक्षकहरु गत चैत २० गतेदेखि निरन्तर काठमाडौंमा विद्यालय शिक्षा ऐन पारित नभएसम्म आन्दोलन नरोकिने भन्दै नाँचगानका साथै रचनात्मक कार्यक्रम गर्दै प्रदर्शन गर्दै आएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’