काठमाडौं महानगरको मेलमिलाप संयन्त्र र अभ्यास युरोपियन देशमा प्रशंसा
२०८२ वैशाख ८ सोमबार
- उनले वेल्जियम भ्रमणबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा भ्रमणका उपलब्धिका विषयमा बोल्दै महानगरपालिकाले प्रयोग गरेको विवाद समाधानको अभ्यास युरोपियन देशभन्दा राम्रो भएको प्रतिक्रिया पाएको बताएकी हुन् ।
काठमाडौं : काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरपालिकाले सञ्चालन गरेको मेलमिलाप संयन्त्र युरोपेली देशका लागि नौलो र अनुकरणीय बनेको बताएकी छन् ।
उनले वेल्जियम भ्रमणबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा भ्रमणका उपलब्धिका विषयमा बोल्दै महानगरपालिकाले प्रयोग गरेको विवाद समाधानको अभ्यास युरोपियन देशभन्दा राम्रो भएको प्रतिक्रिया पाएको बताएकी हुन् ।
युरोपियन युनियनको निमन्त्रणामा चैत २३ गते बेल्जियम गएकी डंगोलले सहरी विकास योजना, न्यायिक प्रणाली र सांस्कृतिक सम्पदा सम्बन्धी बैठक, छलफल, भेटघाट र अवलोकन भ्रमण गरेकी छन् ।
यस क्रममा स्थानीय सरकारसँग यी क्षेत्रको असल अभ्यास र अनुभव आदान प्रदान गरिएको जानकारी पनि दिइन् । नेपालबाट विभिन्न समयमा चोरी भएर बेल्जियमका विभिन्न स्थानमा पुगेका सामग्री फिर्ता गराउने विषयमा उपप्रमुख डंगोलले वेल्जियमस्थित नेपाली दूताबाससँग छलफल समेत गरेकी छन् ।
इटुम्बहाल चन्द्रकेश महाविहारबाट चोरी भएको १२ औँ शताव्दीको टुँडाल, पशुपति रुद्र गाडेश्वरबाट हराएको लाकुलिस÷पर्शुरामको मूर्ति र राष्ट्रिय संग्रहालयबाट हराएको ११ औँ शताव्दीको प्राचीन ग्रन्थ शिवधर्मोत्तर शास्त्र गाथा चित्र फिर्ता गराउने विषयमा कुराकानी भएको उनले जानकारी दिइन् ।
उनले अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयलाई दूताबाससँग समन्वय गरेर सामग्री फिर्ता गराउने प्रक्रियालाई तत्काल टुङ्गोमा पु¥याउन समेत आग्रह गरिन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।