- प्रहरीका अनुसार स्थानीय धमेन्द्र जयसवालको तीन तल्लाको पक्की घरमा आगोलागी भएको हो । घरको अन्डर ग्राउण्ड गोदाममा विधुतको तार सर्ट भै आगोलागी भएको रौतहट प्रहरी निरीक्षक उमाशंकर प्रसादले जानकारी दिए ।
रौतहट : रौतहटको छुट्टाछुटै स्थानमा गएराती भएको आगोलागीमा करीब दुई करोड मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । बैधिमाइ नगरपालिका ५ कोपुवामा भएको आगोलागीमा एक करोड ७६ लाख बराबरको क्षती पुगेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार स्थानीय धमेन्द्र जयसवालको तीन तल्लाको पक्की घरमा आगोलागी भएको हो । घरको अन्डर ग्राउण्ड गोदाममा विधुतको तार सर्ट भै आगोलागी भएको रौतहट प्रहरी निरीक्षक उमाशंकर प्रसादले जानकारी दिए ।
उनका अनुसार अन्डर ग्राउण्ड गोदाममा रहेका कपडा र चप्पल लगायत गरी एक करोडको क्षती पुगेको छ । एक थान मोटरसाइकल र घरको अन्डर ग्राउण्ड गरी ७६ लाखको क्षती पुगेको उनले बताए । आगो सुरक्षाकर्मी, स्थानियबासी र गौर तथा बैधिमाइ नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरी निरीक्षक उमाशंकर बताए ।
यसैगरि गौर नगरपालिका वाड न ४ कबिर चोकमा रहेको कृष्णन्नद पटेलको कच्चि घरमा आगोलागी भएको प्रहरीले जनाएको छ । सोही घरमा रहेको मोटरसाइकल वर्कसपमा रहेको ५ थान मोटरसाइकल, वर्कसपमा रहेका टायर , मोबिल, हावाभर्ने टंकी लगायत गरि १४ लाख बराबरको क्षती पुगेको रौतहट प्रहरीले जानकारी दिएको छ । सो घरमा रहेको नस्ता पसलमा पनि आगोलागीबाट क्षती पुगेको छ ।
घर, वर्कसप र नस्ता पसल गरी २१ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ । दुबै आगोलागीका घटनामा मानवीय र पशु चौपयमा क्षती नभएको र घटनाका बारेमा आवश्यक अनुसन्धान भै रहेको रौतहट प्रहरीले जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’