बोहराको पार्थिव शरीर भैरहवा लगिंदै, बुधबार पशुपतिमा अन्त्येष्टि गरिने

२०८१ चैत्र १९ मंगलवार
सारांश
  • रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए ।

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दिपक बोहराको अन्त्येष्टि भोलि बुधबार मात्र हुने भएको छ । 


राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार मंगलबार ओम अस्पतालमा निधन भएका ७४ बर्षीय वोहराको पार्थिव शरीरलाई अहिले आज मंगलबार गृहनगर भैरहवा लगिने र आजै साँझ काठमाण्डौं ल्याइने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 


रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए । लामो समयदेखि घाँटीको समस्याबाट पीडित उनी पछिल्लो समय पेटको समस्याबाट समेत पीडित थिए।


‘उहाँको पार्थिव शरीरलाई अहिले उहाँको गृहनगर भैरहवा लगिनेछ र आजै साँझ काठमाण्डौं ल्याइनेछ। उहाँप्रति अन्तिम श्रद्धाञ्जलीका लागि भोलि दिउँसो १ः०० बजेदेखि ४ः०० बजेसम्म राप्रपा केन्द्रीय कार्यालय चाबहिलमा राखिनेछ । 

 

स्व.बोहराको भोलि बुधबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ,’ श्रेष्ठले भने ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार