कानुन अनुसार आम्दानीको स्रोत खोजी गर्नुपर्छ :संचारमन्त्री
२०८१ चैत्र १७ आईतवार
- आइतबार विषयगत समिति (सञ्चार तथा सूचना प्रविधि क्षेत्र)को बैठकमा बोल्दै उनले सबै निकायले आम्दानीको स्रोतहरु खोज्न र कानून बनाएर काम गर्न आग्रह गरेका हुन् ।
काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले सबै निकायहरुले कानूनले दिएको आम्दानीको स्रोतहरुको खोजी गर्न आग्रह गरेका छन् ।
आइतबार विषयगत समिति (सञ्चार तथा सूचना प्रविधि क्षेत्र)को बैठकमा बोल्दै उनले सबै निकायले आम्दानीको स्रोतहरु खोज्न र कानून बनाएर काम गर्न आग्रह गरेका हुन् ।
उनले भने, ‘आम्दानी केही छैन, किन नगरेको ? भवनहरुको आचरसंहिता हुनुपर्दथ्यो त्यसपछि केही पहल गर्न सकिन्थ्यो, केही शुल्क लगाउन सकिन्थ्यो, त्यसैले आम्दानीको स्रोतहरु खोज्नुपर्यो । कानूनले दिएको आम्दानीको स्रोतहरु खोज्नुपर्यो । कानुन बनाएर गर भनेको ठाउँमा कानून बनाउनुपर्यो । नत्र प्रदेश सभाहरुको के काम भयो र । नगर सभाको सदस्यहरु सबै आफ्नो नगरको विधायक हुन् प्रदेशलाई किन दिने स्थानीय विधायनले पनि केही न केही प्रवद्र्धन गर्नुपर्यो ।’
उनले विद्यालय, स्वास्थ्य चौकी र प्रहरी कार्याल्यहरुमा ल्यापटपसम्म नहुनु दुःखद कुरा भएको भन्दै सबै ठाउँमा इन्टरनेट उपलब्ध गराउने पनि बताए । उनले राज्यले धेरै खर्च गरेको तर काम नदेखिएको भन्दै ‘संघीय सांसदलाई हात्ती भन्दै प्रदेश सांसदलाई बाख्राको संज्ञा दिए ।
‘संघीय सांसद त हात्ती नै भए । तीनलाई १० भारी घास दिनुपर्यो । प्रदेश अन्तर्गतका बाख्रा भए एक मुठा घास चाइयो । स्थानीयलाई पनि चाइयो । जिम्मेवारीसहित तलवभत्ताको रुपमा होला । राज्यको धेरै खर्च हुँदा कही न कही त देखिनु परेन राज्यले अधिकतम उपयोग गर्न सक्नुपर्यो,’ उनले भने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
-
नाना पाटेकरको अन्त्येष्टिमाथि अभिनेत्री तनुश्री दत्ताले उठाईन प्रश्न
-
बजेटप्रति असन्तुष्टि जनाउदै सुदूरपश्चिमा एमालेका सांसदले दिए राजीनामा
-
एमसीसीअन्तर्गत न्यू बुटवल सबस्टेसन निर्माण तीव्र, सीमासम्मको प्रसारण लाइन सम्पन्न
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’