मुलुक पछाडि फर्किन सक्दैन्, वंशको शासन ल्याउन असम्भव : अध्यक्ष नेपाल
२०८१ चैत्र १५ शुक्रवार
- शुक्रबार समाजवादी मोर्चाले काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले सरकारलाई जनताको समस्यामा भन्दा पनि गीत गाउनमा मतलब भएको बताए ।
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गतिर लग्लान् भनेको त लात्तीले हिर्काएर नर्कमा पठाइदिएछन् भन्दै व्यङ्ग्य गरेका छन् ।
शुक्रबार समाजवादी मोर्चाले काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले सरकारलाई जनताको समस्यामा भन्दा पनि गीत गाउनमा मतलब भएको बताए ।
उनले भने, ‘सरकारलाई त गीत गाउनमात्रै मतलब छ । उसलाई त खाली म त ढलें, ढलें...अहिले हामीले ढालेकै छैनौं अनि किन ढलें ढलें भनेको त ? मति सप्रियोस्, बुद्धि फेरियोस् । प्रचण्डजीलाई पनि षड्यन्त्र गरेछन् स्वर्ग पनि, नर्क पनि सँगै जाने भनेर प्रचण्डजी त सोझो मान्छे, दंग पर्नुभएछ । अनि राती स्वर्गतिर लग्लान् भनेको त लात्तीले हिर्काएर नर्कमा पठाइदिएछन् । त्यस्तो षड्यन्त्रकारीलाई हामीले चिन्न नसक्नु कमजोरी हो । मलाई पनि फकाउन आएका थिए, प्रचण्डजीको अनुहार देखेपछि विश्वास लाग्यो । मिल्नुपर्छ भन्दा त केही भ्रममा प¥यौं ।’
त्यस्तै उनले आजको कार्यक्रम नेपालको राजनीतिमा एउटा कास्टिङ मात्रै भएको भन्दै मुलुक पछाडि फर्किन नसक्ने भन्दै प्रतिगामी शक्तिहरुलाई चेतावनी दिए ।
उनले भने,‘यो आजको कार्यक्रम नेपालको राजनीतिमा एउटा कास्टिङ मात्रै हो । प्रतिगामी शक्तिहरु होसियार, अब यो मुलुक पछाडि फर्किन सक्दैन । मुलुक राणातिर फर्कन सक्दैन् । अहिले संसारमा जनता सचेत भएका छन्, सार्वभौमसत्ता भएका छन् । अब जनता कसैको दासता स्वीकार गर्ने तयार छैनन् । इतिहास फेरी पछाडि जान सक्दैन, जान दिदैनौ । चुनौती दिन चाान्छौं देशमा वंशको शासन ल्याउन खोज्ने दुष्चेष्टा गर्छ भने उनीहरुले ठूलो मूल्यचुकाउनु पर्नेछ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’