‘जनताले उठाएका आवाजलाई सरकारले नजरअन्दाज गर्दैछ’

२०८१ चैत्र ६ बुधवार
सारांश
  • बुधवार प्रतिनिधी सभामा बोल्दै उनले जनताले पछि फर्कने कुरा नगरी उन्नत लोकतन्त्र चाहेका भन्दै कानून अनुसार जनताले उठाएका आवाजलाई सरकारले सुन्नुपर्ने बताएका हुन् ।

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद जनार्दन शर्माले जनताले उठाएका आवाजलाई सरकारले सुन्नुपर्ने बताएका छन् । 


बुधवार प्रतिनिधी सभामा बोल्दै उनले जनताले पछि फर्कने कुरा नगरी उन्नत लोकतन्त्र चाहेका भन्दै कानून अनुसार जनताले उठाएका आवाजलाई सरकारले सुन्नुपर्ने बताएका हुन् । 


‘संविधान र लोकतन्त्रको पक्षधर पार्टी र सरकारले जनतामा देखेका निरासा आक्रोस र विरोधलाई नजरअन्दाज गर्नुहुदैन । संघीय लोकतान्त्रिक गणतन्त्रको परिधीमा रहि लोकतन्त्रको बाटोबाट हेर्दा जनताले प्रश्न गर्नु उनीहरुको अधिकार हो । यसलाई आत्मसाथ गर्दै गम्भिर समिक्षा गर्नुपर्छ,’ उनले भने । 
उनले राजतन्त्र नआउने र आउन नदिने भन्दै उन्नत लोकतन्त्रको साथ अगाडि बढ्ने पनि बताए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार