- आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजनीतिक आडमा कानुनी विभेद बढेको भन्दै उनले जनताको पीडा सुन्नको सट्टा सरकार आफ्ना सुविधा बढाउने खेलमा मस्त रहेको बताइन् ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्की भण्डारीले जनताको पीडा सुन्नको सट्टा सरकार आफ्ना सुविधा बढाउने खेलमा मस्त रहेको आरोप लगाएकी छिन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजनीतिक आडमा कानुनी विभेद बढेको भन्दै उनले जनताको पीडा सुन्नको सट्टा सरकार आफ्ना सुविधा बढाउने खेलमा मस्त रहेको बताइन् ।
उनले भनिन्,‘देशमा भ्रष्टाचारले जडा गाडेको गाडेई छ । राजनीतिक आडमा कानुनी विभेद बढेको छ । न्याय खोज्नेले अन्याय खेप्न परेको छ । जनता महङ्गी बेरोजगारीको मारमा छन् । सरकार कहाँ छ त ? जनताको पीडा सुन्नको सट्टा सरकार आफ्ना सुविधा बढाउने खेलमा मस्त छ ।’
त्यस्तै उनले सरकार नयाँ नेतृत्वलाई होच्याउने र सिध्याउने खेलमा जुटेको र देशलाई उज्यालो पार्ने कर्मचारीमाथि खनिएको पनि बताइन् ।
राजावादीको आन्दोलनमा जनता राजा फर्काउन नभई सरकारकै अर्कमण्यता र भ्रष्टाचारले निराशा र दिक्क भएर निस्किएको पनि उनको भनाइ छ ।
उनले भनिन्,‘नयाँ नेतृत्वलाई होच्याउने र सिध्याउने खेलमा जुटेको छ । देशलाई उज्यालो पार्ने कर्मचारीमाथि खनिएको छ । सडकमा जनता राजा फर्काउन होइन । सरकारकै अर्कमण्यता, भ्रष्टाचारले निराशा र दिक्क भएर सडकमा निस्किएका हुन ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
-
नाना पाटेकरको अन्त्येष्टिमाथि अभिनेत्री तनुश्री दत्ताले उठाईन प्रश्न
-
बजेटप्रति असन्तुष्टि जनाउदै सुदूरपश्चिमा एमालेका सांसदले दिए राजीनामा
-
एमसीसीअन्तर्गत न्यू बुटवल सबस्टेसन निर्माण तीव्र, सीमासम्मको प्रसारण लाइन सम्पन्न
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’