कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ: पूर्वराष्ट्रपति
२०८१ चैत्र १ शुक्रवार
- शुक्रबार हिमवत्खण्ड कला साहित्य, संस्कृति सम्मेलनमा बोल्दै उनले विभिन्न देश वा समुदायका संगीत, चलचित्र, भाषा र परम्पराहरुको आदानप्रदानले सांस्कृतिक विविधवताप्रति सम्मान तथा रुची बढाउने बताएकी हुन् ।
काठमाडौं :पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कला र साहित्यले हाम्रा भगोलिक सिमाना पार गरी नविन चिन्तन, सहिष्णुता र संस्कृतिक समन्वयको मार्ग खुल्ने बताएकी छन् ।
शुक्रबार हिमवत्खण्ड कला साहित्य, संस्कृति सम्मेलनमा बोल्दै उनले विभिन्न देश वा समुदायका संगीत, चलचित्र, भाषा र परम्पराहरुको आदानप्रदानले सांस्कृतिक विविधवताप्रति सम्मान तथा रुची बढाउने बताएकी हुन् ।
उनले भनिन्, ‘विभिन्न देश वा समुदायका संगीत, चलचित्र, पुस्तक, भाषा र परम्पराहरुको आदानप्रदानले सांस्कृतिक विविधवताप्रति सम्मान तथा रुची बढाउँछ । कला र साहित्यले हाम्रा भगोलिक सिमाना पार गरी नविन चिन्तन, सहिष्णुता र संस्कृतिक समन्वयको मार्ग खुल्दछ । जसले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ ।’
साथै उनले हिमवत्खण्ड अन्तर्गत नेपालसहित भारत, सिकिम्म, दार्जिलिङ, भुटान, म्यानमार लगायतका क्षेत्रमा बसोबास गर्ने नेपाली भाषिहरुले हाम्रा समुदायका साझा भाषा,संस्कृति, धर्म, मूल्यमान्यता र पहिचानको रक्षा गरेको बताइन् ।
उनले हिन्दु, किँरात,बौद्धजस्ता साझा धार्मिक आस्था र परम्पराले नेपाली भाषिहरुको जिवनशैलीलाई विशिष्ट पहिचान दिएर एकताको भावना सिर्जना गरेको समेत बताइन् ।
उनले भनिन्, ‘हिमवत्खण्ड अन्तर्गत नेपालसहित भारतको सिकिम्म, दार्जिलिङ, भुटान, म्यानमार लगायतका क्षेत्रमा बसोबास गर्ने नेपाली भाषीहरुले हाम्रा समुदायका साझा भाषा, संस्कृति,धर्म, मूल्यमान्यता र पहिचानको रक्षा गर्नु भएको छ । हिन्दु, किँरात, बौद्धजस्ता साझा धार्मिक आस्था र परम्पराले नेपाली भाषिहरुको जीवनशैलीलाई विशिष्ट पहिचान दिएर एकताको भावना सिर्जना गरेको छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’