काठमाडौं महानगरले गुणस्तरीय शिक्षालाई व्यवहारमै लागु गरेको छ: डंगोल

२०८१ फागुन १६ गते शुक्रवार
सारांश
  • उनले देश निर्माणमा काम गर्ने हो भने पहिला बालबालिकामा काम गर्नुपर्ने भन्दै बालबालिकाहरुलाई समसामयिक शिक्षा दिने अभ्यास र अभियानमा पनि रहेको बताइन् ।

काठमाडौं: काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरपालिका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिनको लागि निरन्तर प्रयास गरिरहेको बताएकी छन् ।

 

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाउनुपर्छ, भन्ने कुरा नारामा मात्र होइन व्यवहारमा लागू गर्नका लागि निरन्तर प्रयास गरिरहेको भन्दै यसमा सबैको सहयोग आवश्यक भएको बताइन् ।

 

उनले भनिन्, ‘विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाउनुपर्छ, भन्ने कुरा नारामा मात्र होईन व्यवहारमा लागू गर्नका लागि निरन्तर प्रयास गरिरहेका छौ । महानगरपालिकाको बजेट पनि हेर्न सक्नुहुन्छ, बजेटमा पनि महानगरपालिकाको लागि हाम्रो बालबालिका कति प्राथमिकतामा परेको छ भन्ने कुरा झल्किन्छ । यो काम महानगरपालिका एक्लैले गरेर सम्भव छैन्, त्यसको लागि सबै जनाको सहयोग आवश्यक हुन्छ ।’

 

यसको साथै, उनले देश निर्माणमा काम गर्ने हो भने पहिला बालबालिकामा काम गर्नुपर्ने भन्दै बालबालिकाहरुलाई समसामयिक शिक्षा दिने अभ्यास र अभियानमा पनि रहेको बताइन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ

भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।

थप समाचार