अस्ताउँदो सुर्यलाई अर्घ्य दिई गरियो छठ पूजा

२९ कार्तिक, २०८३
सारांश
  • पूजा सामग्रीको रुपमा घरघरमा निष्ठा अनि श्रद्धापुर्वक तयार पारिएको ठेकुवा, भुसवा, नैवैद्य, फलफूल, उखु, केरा रहेका थिए ।

काठमाडौँ: धुमधामका साथ अस्ताउँदो सुर्यलाई अर्घ्य दिई छठपर्व अन्तर्गतको मुख्य पूजा मनाइएको छ । ब्रतालुले पायक पर्ने जलाशयको किनारामा निर्माण गरिएको घाटमा गई पूजा सामग्रीसहित अस्ताउँदो सुर्यको पूजा गरिएको हो ।

 

पूजा सामग्रीको रुपमा घरघरमा निष्ठा अनि श्रद्धापुर्वक तयार पारिएको ठेकुवा, भुसवा, नैवैद्य, फलफूल, उखु, केरा रहेका थिए । ब्रतालुले मुखारविन्दुबाट लोकभाखामा छठि मईयाको भक्तिमय गीत गाई अर्घ्य दिएका हुन् ।

 

राष्ट्रपति रामचन्द्र पौडेलले पनि काठमाडौँको गौरीघाटस्थित छठघाट पुगेर अस्ताउदो सुर्यलाई अर्घ दिएका छन् ।  

 

यसरी नै सोमबार विहानै उदाँउदो सुर्यलाई सोही अर्घ्य दिई पर्वको समापन गरिनेछ । भनिन्छ चैति छठ गर्दा हरेक ब्रतालुको हरेक मनोकाङ्क्षा पूरा हुने र छालाजन्य रोग जीवनमा कहिल्यै पनि नलाग्ने जनविश्वास रहदै आएको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार