- इजरायलमा नयाँ सरकार गठनका लागि याशार पार्टी र प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीबीच आइतबार भएको एकता वार्तामा कुनै ठोस सहमति जुट्न नसकेको बताइएको छ ।
काठमाण्डौ, ०७ मङ्सिर । इजरायलमा नयाँ सरकार गठनका लागि याशार पार्टी र प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीबीच आइतबार भएको एकता वार्तामा कुनै ठोस सहमति जुट्न नसकेको बताइएको छ ।
चार घण्टासम्म चलेको छलफलपछि दुवै दलले मुख्य विषयमा कुराकानी भएको र पुनः बैठक बस्ने सहमति भएको बताएका छन् । तर, नयाँ सरकारको नेतृत्व कसले गर्ने र प्रधानमन्त्री पद आलोपालो गर्ने विषयमा छलफल नभएको जनाइएको छ ।
वार्तामा न्यायिक सुधार, अति धार्मिक यहुदी समुदायको सैन्य सेवामा सहभागिता तथा सन् २०२३ अक्टोबर ७ को हमास आक्रमणबारे छानबिन आयोग गठन गर्ने विषयमा छलफल भए पनि सहमति हुन सकेन। सम्भावित गठबन्धनमा दक्षिणपन्थी दललाई समेट्ने विषयमा पनि मतभेद देखिएको छ ।
यसैबीच, याशार र युनाइटेड तोराह यहुदी पार्टीबीच अति धार्मिक यहुदी समुदायलाई सैन्य सेवामा सहभागी गराउने विषयमा पछिल्लो २४ घण्टामा उल्लेखनीय प्रगति भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । तर, दुवै पक्षबीच अझै प्रस्ताव आदानप्रदान हुने तहको सहमति भने बनिसकेको छैन ।
याशारका नेता गादी आइसेनकोटले यसै साता सैन्य भर्तीसम्बन्धी नयाँ प्रस्ताव अघि सार्ने अपेक्षा गरिएको छ । इजरायलमा नेतान्याहुको विकल्पमा नयाँ सरकार गठन गर्ने प्रयास भइरहेका बेला विभिन्न दलबीच गठबन्धन र सैन्य सेवासम्बन्धी व्यवस्थामा मतभेद देखिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
इजरायलमा सरकार गठनका लागि लिकुड र याशारबीच छलफलमा मतभेद
-
रास्वपा सांसद आशिका तामाङ र केपी खनालबीच किन भयो विवाद ?
-
दुई दिने भारत भ्रमण सकेर प्रधानमन्त्री शाह स्वदेश फर्किदैँ
-
नेपाल–भारतले जारी गरेको ‘विकसित भारत र समुन्नत नेपाल: साझेदारीको पुनर्कल्पना’ मा के के छ ?
-
प्रधानमन्त्री शाह र भारतीय राष्ट्रपति मुर्मूबीच शिष्टाचार भेट
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।