सुनको मूल्य एकै दिन १२ हजार २०० रुपैयाँले घट्यो

४ मार्ग, २०८३
सारांश
  • नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ। यस दिन सुन तोलामा १२ हजार ४०० रुपैयाँ र चाँदी २२५ रुपैयाँले घटेको हो।

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ। यस दिन सुन तोलामा १२ हजार २०० रुपैयाँ र चाँदी २२५ रुपैयाँले घटेको हो।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ४५ हजार ४००  रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बिहीबार एक तोला सुन २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

 

महासंघका अनुसार आज चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँमा झरेको छ। बिहीबार सोही परिमाणको चाँदी ३ हजार ३३५ रुपैयाँमा खरिदबिक्री भएको थियो।अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा ठूलो गिरावट आएसँगै नेपाली बजारमा पनि तिहारपछि मूल्य निरन्तर ओरालो लागिरहेको छ।

 

तथ्यांकअनुसार  आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १५६.९५ अमेरिकी डलर (४.२६ प्रतिशत) ले घटेर ३,५२७.३९ अमेरिकी डलरमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदी पनि प्रतिऔंस ३.१४ अमेरिकी डलर (७.०५ प्रतिशत) ले घटेर ४१.३२ अमेरिकी डलरमा झरेको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार