- काठमाडौं–तराई/मधेस द्रुतमार्गअन्तर्गत महादेवटार सुरुङको ब्रेक थ्रु भएसँगै राष्ट्रिय गौरवको आयोजना फास्ट ट्र्याक निर्माणले थप गति लिएको छ।
काठमाडौं : काठमाडौं–तराई/मधेस द्रुतमार्गअन्तर्गत महादेवटार सुरुङको ब्रेक थ्रु भएसँगै राष्ट्रिय गौरवको आयोजना फास्ट ट्र्याक निर्माणले थप गति लिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ३.४४५ किलोमिटर लामो महादेवटार सुरुङको ब्रेक थ्रु गरेका हुन्। नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको द्रुतमार्गको यो प्रगतिलाई काठमाडौंलाई तराई–मधेससँग छोटो दूरीमा जोड्ने महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
आयोजनाअन्तर्गत हालसम्म धेद्रे, लेनडाँडा र महादेवटारका ६ वटा सुरुङ खन्ने काम सम्पन्न भएको छ। द्रुतमार्गमा कुल ७ स्थानमा १४ वटा सुरुङ निर्माण हुँदैछन्।
राष्ट्रपति पौडेलले द्रुतमार्ग निर्माण सम्पन्न भएपछि यात्रा समय र दूरी घट्नुका साथै व्यापार, पर्यटन तथा आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने बताए। ७१ किलोमिटर लामो द्रुतमार्ग सञ्चालनमा आएपछि काठमाडौं–तराई यात्रा करिब दुई घण्टामा गर्न सकिने अपेक्षा गरिएको छ।
आयोजनामा सुरुङसँगै ठूला पुल, सडक, सुरक्षा तथा आवश्यक प्राविधिक पूर्वाधार निर्माणको काम पनि भइरहेको छ। निर्माणलाई निर्धारित समयभित्र सम्पन्न गर्न सम्बन्धित सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको राष्ट्रपति पौडेलले बताए।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।