- निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति तय गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ ।
काठमाडौँ : निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति तय गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ ।
आयोगले आज बिहान साढे ११ बजेका लागि राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिलाई छलफलमा बोलाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार छलफल आयोगको कार्यालयमा हुनेछ ।
छलफलका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आमन्त्रण गरिएको छ । आयोगले स्थानीय तहसँगै प्रदेशसभा निर्वाचन पनि गर्ने विषयमा दलहरूको धारणा माग्ने तयारी गरेको छ ।
२०७९ सालमा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल आगामी वैशाखमा सकिँदैछ । त्यसअघि निर्वाचन सम्पन्न गर्ने तयारीस्वरूप आयोगले राजनीतिक दलहरूसँग परामर्श अघि बढाएको हो ।
स्थानीय तह निर्वाचन ऐनअनुसार कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि निर्वाचन गर्नुपर्ने व्यवस्था छ। यसअनुसार आगामी फागुन–चैतमा निर्वाचन गर्नुपर्ने हुन्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधानमन्त्री शाह मंसिर ६ देखि दुई दिने भारत भ्रमणमा जाने, यस्तो छ कार्यतालिका
-
साइबर ठगीमा परे तत्काल १२४७ मा फोन गर्न राष्ट्र बैंकको आग्रह
-
सुनको मूल्य एकै दिन १२ हजार २०० रुपैयाँले घट्यो
-
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
-
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंसिर ८ गते मंगलबार बस्ने
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।