कर्जा प्रवाह सुस्त भएपछि राष्ट्र बैंकमा थुप्रियो २३ अर्ब

३ मार्ग, २०८३
सारांश
  • बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह सुस्त भएपछि नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न २२ अर्ब ८२ करोड रुपैयाँ खर्च गरेको छ।

काठमाडौं : बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह सुस्त भएपछि नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न २२ अर्ब ८२ करोड रुपैयाँ खर्च गरेको छ।

 

गत आर्थिक वर्ष २०८२/८३ मा राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४२५ खर्ब रुपैयाँ तरलता प्रशोचन गरेको थियो। यसबापत बैंकले ब्याजका रूपमा २२ अर्ब ८२ करोड रुपैयाँ खर्च गरेको हो।

 

बैंकिङ प्रणालीमा पैसा बढी हुँदा राष्ट्र बैंकले विभिन्न उपकरणमार्फत रकम खिच्ने र तरलता अभाव हुँदा बजारमा पठाउने गर्छ। यस प्रक्रियालाई तरलता व्यवस्थापन भनिन्छ।

 

राष्ट्र बैंकले ऋणपत्र, स्थायी निक्षेप सुविधा र निक्षेप संकलन उपकरणमार्फत बजारमा रहेको अधिक रकम खिचेको हो।

 

गत वर्ष तरलता व्यवस्थापनमा भएको खर्च अघिल्लो आर्थिक वर्षको तुलनामा दोब्बरभन्दा बढी हो। अघिल्लो आवमा राष्ट्र बैंकले यस प्रयोजनका लागि ९ अर्ब ३९ करोड रुपैयाँ खर्च गरेको थियो।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार