साइबर ठगीमा परे तत्काल १२४७ मा फोन गर्न राष्ट्र बैंकको आग्रह

४ मार्ग, २०८३
सारांश
  • नेपाल राष्ट्र बैंकले साइबर तथा डिजिटल वित्तीय ठगीमा परेका नागरिकलाई तत्काल १२४७ नम्बरमा सम्पर्क गरी उजुरी गर्न आग्रह गरेको छ ।

काठमाडौं : नेपाल राष्ट्र बैंकले साइबर तथा डिजिटल वित्तीय ठगीमा परेका नागरिकलाई तत्काल १२४७ नम्बरमा सम्पर्क गरी उजुरी गर्न आग्रह गरेको छ । 

 

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्रको हटलाइन नम्बर सार्वजनिक गर्दै यस्तो आग्रह गरेको हो ।

 

साइबर तथा डिजिटल वित्तीय ठगीसम्बन्धी गुनासो र उजुरीको सम्बोधन गर्न प्रहरी प्रधान कार्यालय, साइबर ब्युरो तथा विभिन्न सरोकारवाला निकायको सहभागितामा एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापना गरिएको राष्ट्र बैंकले जनाएको छ। उक्त केन्द्रको १२४७ नम्बरमा सम्पर्क गरी साइबर ठगीसम्बन्धी घटनाको उजुरी गर्न सकिनेछ ।

 

राष्ट्र बैंकका अनुसार अनलाइन ठगी, फिसिङ, नक्कली लिङ्क, अनधिकृत कारोबार वा डिजिटल भुक्तानीसम्बन्धी ठगीमा परे तत्काल १२४७ मा सम्पर्क गरी जानकारी गराउनुपर्छ। साथै, उक्त नम्बरबाट प्राप्त जानकारीअनुसार आवश्यक प्रक्रिया अपनाउन पनि राष्ट्र बैंकले अनुरोध गरेको छ ।

 

ठगीमा परेको अवस्थामा आफ्नो बैंक तथा वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई तत्काल जानकारी गराई बैंक खाता तथा डिजिटल वालेट सुरक्षित राख्न आवश्यक पहल गर्न पनि राष्ट्र बैंकले आग्रह गरेको छ । राष्ट्र बैंकले साइबर तथा डिजिटल वित्तीय ठगीविरुद्ध सचेत रहन र ठगीमा परे ढिलाइ नगरी १२४७ मा सम्पर्क गर्न सबैलाई अनुरोध गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार