काठमाडौंका यी क्षेत्रमा १२ दिनसम्म दैनिक साढे पाँच घण्टा विधुत् आपूर्ति बन्द हुने

३ मार्ग, २०८३
सारांश
  • नेपाल विधुत् प्राधिकरणले विधुत् वितरण लाइन भूमिगत गर्ने कार्यका लागि काठमाडौंका विभिन्न क्षेत्रमा १२ दिनसम्म विधुत् आपूर्ति बन्द गर्ने भएको छ ।

काठमाण्डौ, ०३ मङ्सिर । नेपाल विद्युत् प्राधिकरणले विद्युत् वितरण लाइन भूमिगत गर्ने कार्यका लागि काठमाडौंका विभिन्न क्षेत्रमा १२ दिनसम्म विद्युत् आपूर्ति बन्द गर्ने भएको छ ।

 

प्राधिकरणको कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न स्थानमा विद्युत् वितरण लाइन भूमिगत गर्ने कामका लागि मंसिर ३ गतेदेखि १४ गतेसम्म विद्युत् आपूर्ति बन्द गर्न लागिएको हो ।

 

प्राधिकरणका अनुसार सम्बन्धित क्षेत्रमा बिहान १०: ३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।

 

निर्धारित तालिकाअनुसार मंसिर ३ र ६ गते बलम्बु तथा थानकोटअन्तर्गत बलम्बु खोला पुल र नैकाप क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ । मंसिर ४ गते धोबीखोला तथा बत्तीसपुतलीअन्तर्गत लुम्बिनीदेखि शिफल ग्राउन्डसम्म र मंसिर ५ गते कालिमाटी तथा बाफलअन्तर्गत स्युचाटार पुल क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ ।

 

त्यस्तै, मंसिर ७ गते कोटेश्वर तथा इमाडोलअन्तर्गत ईटीटीआर ८ र ९ क्षेत्रमा, मंसिर ८ गते बलम्बु खोला पुल र नैकाप क्षेत्रमा तथा मंसिर ९ गते कोटेश्वरअन्तर्गत ईटीटीआर २६ए र ईटीटीआर ४ क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरिनेछ ।

 

मंसिर १० गते शिफल ग्राउन्डदेखि कालोपुलसम्म, मंसिर ११ गते सतुङ्गलदेखि ढुंगेअड्डासम्म, मंसिर १२ गते कोटेश्वरअन्तर्गत ईटीटीआर ७ए र ८ क्षेत्रमा तथा मंसिर १३ गते बलम्बुदेखि सगरमाथा स्याटेलाइट स्टेसनसम्म विद्युत् आपूर्ति बन्द हुनेछ। मंसिर १४ गते पुनः शिफल ग्राउन्डदेखि कालोपुलसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

 

प्राधिकरणले मौसम प्रतिकूल भएमा उक्त कार्यतालिका रद्द हुन सक्ने जनाएको छ । निर्धारित समयमा विद्युत् आपूर्ति बन्द हुने भएकाले सम्बन्धित क्षेत्रका उपभोक्तालाई आवश्यक तयारी गर्न पनि आग्रह गरिएको छ  ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार