वित्तीय अपराध अनुसन्धान प्रभावकारी बनाउन प्रविधि र वैज्ञानिक पद्धतिमा जोड
१ मार्ग, २०८३
- प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसका अवसरमा आयोजित वित्तीय अपराध अनुसन्धानसम्बन्धी कार्यशाला गोष्ठीको उद्घाटन गरेका छन् ।
काठमाडौ: प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसका अवसरमा आयोजित वित्तीय अपराध अनुसन्धानसम्बन्धी कार्यशाला गोष्ठीको उद्घाटन गरेका छन् ।
‘आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान : वित्तीय अपराध रोकथाम नेपाल प्रहरीको मूल अभियान’ नारासहित आयोजित कार्यशालामा वित्तीय अपराधको प्रमाण सङ्कलनदेखि न्यायिक फैसलासम्मका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा प्रहरी अधिकारी, अभियोजनकर्ता, वित्तीय नियामक निकाय, बैंक तथा वित्तीय संस्था र दूरसञ्चार सेवा प्रदायकका प्रतिनिधिहरू सहभागी थिए। सोही अवसरमा प्रहरी महानिरीक्षक केसीले ‘नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको सङ्ग्रह–भाग ३’ पुस्तकसमेत विमोचन गरेका थिए ।
उनले वित्तीय अपराधको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो प्रयोगलाई सम्बोधन गर्न आधुनिक प्रविधि तथा वैज्ञानिक अनुसन्धान पद्धति आवश्यक रहेको बताए । साथै, वित्तीय अपराध नियन्त्रणका लागि सम्बन्धित सरकारी निकाय, बैंक तथा वित्तीय संस्था र अन्य सरोकारवालाबीच समन्वय तथा सूचनाको आदानप्रदान प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।