- बझाङमा अटो रिक्सा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन् ।
कैलाली : बझाङमा अटो रिक्सा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन् ।
आइतबार बिहान करिब १०:२० बजे बुङ्गल नगरपालिका-१० टुमेडामा अटो रिक्सा दुर्घटना भएको हो । टुमेडा गाउँबाट बुङ्गल नगरपालिका-११ हिनगडा बजारतर्फ जाँदै गरेको नम्बर नखुलेको अटोको ब्रेक फेल भएर सडकबाट करिब ९०० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अटोमा सवारमध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा बुङ्गल नगरपालिका-१० निवासी ३५/४० वर्षीया राजमती महरा, १५/१६ वर्षीया तारा महरा र ५/६ वर्षीया डल्ली महराको मृत्यु भएको हो ।
अटोमा चारदेखि पाँच जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको र एक बालक अझै फेला पर्न नसकेको जनाइएको छ । दुर्घटनामा घाइते भएकाहरूको उद्धार कार्य भइरहेको छ ।
बेपत्ता बालकको खोजी तथा उद्धार कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुङ्गलका प्रहरी सहायक निरीक्षक बिरबहादुर ठगुन्नाले बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।