- नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर खरिद लागत महँगिए पनि उपभोक्ताका लागि हाल कायम बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ ।
काठमाण्डौ, ०१ मंसिर । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर खरिद लागत महँगिए पनि उपभोक्ताका लागि हाल कायम बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ ।
निगमले इन्डियन आयल कर्पोरेसनबाट २०८३ कात्तिक २९ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन नगर्ने निर्णय गरेको हो । निगम सञ्चालक समितिको कात्तिक ३० गतेको निर्णयअनुसार पेट्रोल र डिजेलको साविककै बिक्री मूल्य कायम राखिएको निगमले जनाएको छ ।
निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर पहिलो वर्गमा १७९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ कायम राखेको छ । पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायल रहेका छन् ।
मूल्य यथावत् राख्दा निगमलाई मासिक रूपमा करिब १ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको छ । मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेको निगमले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।