आज सार्वजनिक बिदा भएपनि राजस्व संकलन गर्ने कार्यालय खुला रहने

३० कार्तिक, २०८३
सारांश
  • सरकारले सोमबार सार्वजनिक बिदा दिए पनि राजस्व संकलनसँग सम्बन्धित कार्यालयहरू खुला रहने भएका छन् ।

काठमाण्डौ, ३० कार्त्तिक । सरकारले सोमबार सार्वजनिक बिदा दिए पनि राजस्व संकलनसँग सम्बन्धित कार्यालयहरू खुला रहने भएका छन् ।

 

छठ पर्वको भोलिपल्ट कात्तिक ३० गते सार्वजनिक बिदा दिइए पनि महिनाको अन्तिम दिन भएकाले राजस्व परिचालन प्रभावित हुन नदिन आन्तरिक राजस्व विभागले मातहतका कार्यालय खुला राख्न निर्देशन दिएको हो ।

 

विभागका अनुसार गत आर्थिक वर्षको आय विवरण बुझाउन, आर्थिक ऐन २०८३ ले दिएका छुट सुविधा उपयोग गर्न, बक्यौता फरफारक गर्न तथा अन्तःशुल्कजन्य वस्तु निष्कासनका लागि करदातालाई सहज बनाउन कार्यालय खुला राखिनेछ ।

 

सोमबार ठूला करदाता कार्यालय (हरिहरभवन), मध्यमस्तरीय करदाता कार्यालय (बबरमहल) र देशभरका सबै आन्तरिक राजस्व कार्यालय सञ्चालनमा रहनेछन् ।

 

विभागले राजस्व संकलन गर्ने बैंकहरूसँग समन्वय गरी आवश्यक सेवा प्रवाहको व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार