''बागडोग्रा र रक्सौलका लागि नेपाली हवाई क्षेत्र व्यावसायिक उडानलाई छुट, सैन्य उडान वर्जित भनेर नेपालले सहमति जनाउन सक्छ''

१ मार्ग, २०८३
सारांश
  • पन्तले भने, नेपालले भैरहवा तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि सीधा हवाई पहुँच सुनिश्चित गर्न मागेको महेन्द्रनगरतर्फको हवाई प्रवेश बिन्दुका लागि भारतले पनि बागडोग्रा र रक्सौल क्षेत्रबाट सञ्चालन हुने अन्तर्राष्ट्रिय उडानका लागि नेपाली हवाई क्षेत्र प्रयोग गर्न प्रस्ताव गरेको छ ।

काठमाण्डौ, ०१ मङ्सिर । ‘एआईको युगमा नेपाल’ अभियानका संयोजक सौरभ राज पन्तले भारतसँग भइरहेको पछिल्लो हवाई मार्गसम्बन्धी वार्ता व्यावसायिक तथा रणनीतिक विषयको उल्झनमा फस्दै गएको बताएका छन् । उनले भने, नेपाल–भारत सम्बन्ध भूराजनीतिक तथा सामरिक विषयले कति पेचिलो छ भन्ने कुरा पछिल्लो हवाई मार्गसम्बन्धी वार्ताले देखाएको छ ।

 

पन्तले भने, नेपालले भैरहवा तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि सीधा हवाई पहुँच सुनिश्चित गर्न मागेको महेन्द्रनगरतर्फको हवाई प्रवेश बिन्दुका लागि भारतले पनि बागडोग्रा र रक्सौल क्षेत्रबाट सञ्चालन हुने अन्तर्राष्ट्रिय उडानका लागि नेपाली हवाई क्षेत्र प्रयोग गर्न प्रस्ताव गरेको छ ।

 

पन्तले बागडोग्रा र रक्सौललाई रणनीतिक प्रकृतिका प्रस्तावका रूपमा बुझ्नुपर्ने बताएका छन् । उनका अनुसार बागडोग्रा भारतीय वायुसेनाको हवाई सैन्य प्रतिष्ठानभित्र रहेको नागरिक विमानस्थल हो । यो भारतको रणनीतिक रूपमा महत्त्वपूर्ण सिलिगुडी करिडोर नजिक अवस्थित छ । त्यसैले त्यहाँबाट सञ्चालन हुने अन्तर्राष्ट्रिय उडानका लागि नेपाली हवाई क्षेत्र प्रयोग गर्ने प्रस्तावलाई सामान्य व्यावसायिक उड्डयनको विषयमा मात्र सीमित गरेर हेर्न मिल्दैन ।

 

रक्सौलसम्बन्धी प्रस्ताव अझ संवेदनशील हुन सक्ने पन्तको टिप्पणी छ । रक्सौल विमानस्थल पनि भारतले भविष्यमा भारतीय वायुसेनाको बेसका रूपमा प्रयोग गर्न सक्ने सम्भावना छ । विशेषतः बागडोग्रा र रक्सौल चीनसँग भारतको भविष्यमा सम्भावित आमनेसामनेको अवस्था सिर्जना भएमा प्रयोग गर्नका लागि हुन् ।

 

पन्तले भने, भारतसँग राजनीतिक विषयमा प्रवेश नगर्ने, केवल विकास कूटनीतिमा प्रवेश गर्ने भन्दा भन्दै पनि नेपाल फेरि एकपटक सामरिक तथा भूराजनीतिक विषयमा भारतसँग डिल गर्न पुगेको छ ।

 

उनले भने, अवस्था कति संवेदनशील छ भने, हामीले महेन्द्रनगरको प्रवेश बिन्दु माग्यौँ, जुन प्रवेश बिन्दु दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा विमानहरूको आकाशमा हुने जालोको करिब–करिब नजिक छ । भारतले मागेको रक्सौल क्षेत्र पनि सिमरानजिक छ, जहाँ नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रवेश गर्ने र बाहिरिने विमानहरूको जालो छ ।

 

उनले यसको उपायका लागि नेपालले बागडोग्रा र रक्सौल विमानस्थलका विषयमा नेपाली हवाई क्षेत्र प्रयोग गर्न भारतका व्यावसायिक उडानमा पूर्वस्वीकृति आवश्यक नपर्ने, तर भारतीय सैन्य प्रयोजनका उडान वर्जित हुने प्रस्ताव राख्न सक्ने बताए । नत्र हामीले पश्चिम नेपालको प्रवेश बिन्दु सहज रूपमा पाउन कठिन हुने उनले बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार