राष्ट्रिय कर दिवसमा उत्कृष्ट करदाता सम्मानित, निकायतर्फ सूर्य नेपाल र व्यक्तिगततर्फ राजबहादुर शाह

१ मार्ग, २०८३
सारांश
  • आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस तथा कर सप्ताहको अवसरमा आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गरेको छ ।

काठमाडौं: आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस तथा कर सप्ताहको अवसरमा आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गरेको छ ।

 

विभागले मंगलबार आयोजना गरेको कार्यक्रममा निकायतर्फ सूर्य नेपाल प्रालि र व्यक्तिगत आयकरतर्फ राजबहादुर शाहलाई सर्वोत्कृष्ट करदाताका रूपमा सम्मान गरेको हो । त्यस्तै पर्यटन व्यवसायमा सोल्टी होटल लिमिटेड, वस्तु व्यापारमा सीजी इम्पेक्स प्रालि र ऊर्जामूलक उद्योगमा भोटेकोशी पावर कम्पनी प्रालि सम्मानित भएका छन् ।

 

वार्षिक ५० करोडदेखि १ अर्बसम्म कारोबार गर्ने समूहमा फुड एन्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रालि, रेमिटेन्स तथा मनी ट्रान्सफरमा आईएमई लिमिटेड र मूल्य अभिवृद्धि करतर्फ हिमालयन डिस्टिलरी लिमिटेड उत्कृष्ट ठहरिएका छन् । त्यसैगरी, वार्षिक ५० करोड रुपैयाँसम्म कारोबार गर्ने समूहमा इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड, विशेष उद्योगतर्फ वरुण बेभरेज नेपाल प्रालि र प्रतिकूल अवस्थामा पनि निरन्तर व्यवसाय सञ्चालन गरी योगदान पुर्‍याएकोमा भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान गरिएको छ ।

 

एकलौटी फर्ममा थर्ड आई इन्टरनेशनल, वस्तु निर्यातमा डाबर नेपाल प्रालि, सूचना प्रविधि सेवा निर्यातमा इन्फाइनाइट सफ्टवेयर सर्भिसेस नेपाल र कृषि तथा पशुपन्छीजन्य उद्योगमा ओसीबी फुड्स एन्ड फिड्स प्रालि सम्मानित भएका छन् ।

 

वित्तीय क्षेत्रमा बैंकतर्फ नबिल बैंक, जीवन बीमामा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल), निर्जीवन बीमामा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र लघुवित्ततर्फ छिमेक लघुवित्त वित्तीय संस्था उत्कृष्ट करदाता बनेका छन् । स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेडलाई विभागले सम्मान गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार