भारतका नवनियुक्त राजदूत दलेला कार्यभार सम्हाल आइपुगे काठमाण्डौ
१७ कार्तिक, २०८३
- नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला आफ्नो कार्यभार सम्हाल्न आज काठमाण्डौ आइपुगेका छन् ।
काठमाण्डौ, १७ कार्त्तिक । नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला आफ्नो कार्यभार सम्हाल्न आज काठमाण्डौ आइपुगेका छन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा नेपालस्थित भारतीय दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए ।
जलेलालाई भारतीय राजदूत नवीन श्रीवास्तवको कार्यकाल सकिएपछि भारत सरकारले नयाँ राजदूत नियुक्त गरेको हो ।
दलेला सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका कूटनीतिज्ञ हुन् । उनले आफ्नो कूटनीतिक करियर इजरायलको तेल अभिभस्थित भारतीय नियोगबाट सुरु गरेका थिए । त्यसपछि उनले ब्रासिलिया, सिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय नियोगमा विभिन्न जिम्मेवारी सम्हालेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।