धादिङको मझिमटारस्थित पृथ्वी राजमार्ग सोमबार तीन घण्टा बन्द हुने

१५ कार्तिक, २०८३
सारांश
  • धादिङको बेनीघाट रोराङ गाउँपालिका-९ स्थित मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको कामका लागि पृथ्वी राजमार्ग तीन घण्टा बन्द हुने भएको छ ।

धादिङ : धादिङको बेनीघाट रोराङ गाउँपालिका-९ स्थित मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको कामका लागि पृथ्वी राजमार्ग तीन घण्टा बन्द हुने भएको छ ।

 

जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै आगामी सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मझिमटार क्षेत्रको पृथ्वी राजमार्गमा सबै प्रकारका सवारी साधनको आवागमन पूर्ण रूपमा रोक लगाइने जानकारी दिएको छ ।

 

नागढुंगा-मुग्लिन सडक योजना (पश्चिम खण्ड) अन्तर्गत निर्माण कार्य गर्नुपर्ने भएकाले उक्त अवधिमा सवारी सञ्चालनमा रोक लगाउन लागिएको हो ।

 

प्रशासनले उक्त समयमा यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ । साथै सवारी सञ्चालन गर्दा प्रचलित ट्राफिक नियम तथा सडक अनुशासन पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ ।  

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !

बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।

थप समाचार