डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट उद्धार गरिँदै
१५ कार्तिक, २०८३
- भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानीगढमा फसेका ६ जना भारतीय पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गर्ने तयारी गरिएको छ ।
सुर्खेत : भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानीगढमा फसेका ६ जना भारतीय पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गर्ने तयारी गरिएको छ ।
केही दिनदेखि लगातार भइरहेको हिमपातका कारण पर्यटकहरू गन्तव्यतर्फ अघि बढ्न नसकेपछि दानीगढ क्षेत्रमा फसेका हुन् ।
प्रतिकूल मौसमका कारण उनीहरू जोखिमपूर्ण अवस्थामा रहेको जानकारी शनिबार पाइएको र आइतबार बिहानदेखि उनीहरुको उद्धार गर्न हेलिकप्टर परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।
लगातारको हिमपातका कारण स्थलमार्गबाट उद्धार गर्न कठिनाइ भएपछि हेलिकोप्टरको सहायताले उनीहरूलाई सुरक्षित स्थानमा ल्याउने प्रयास गरिएको प्रशासनले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।