बाँकेको अम्बे स्टिलमा आगलागी: घाइते आठ मध्ये दुई जनालाई लखनउ लगियो
१५ कार्तिक, २०८३
- बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा आठ जना घाइते भएका छन् । आइतबार बिहान कम्पनीभित्र रहेको फलाम पगाल्ने भट्टीमा विद्युत् सर्ट सर्किट हुँदा आगलागी भएको हो ।
बाँके : बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा आठ जना घाइते भएका छन् । आइतबार बिहान कम्पनीभित्र रहेको फलाम पगाल्ने भट्टीमा विद्युत् सर्ट सर्किट हुँदा आगलागी भएको हो ।
प्रहरीका अनुसार आइतबार बिहान करिब ५: ४० बजे २५ टन क्षमताका तीनवटा भट्टीमा अचानक आगलागी भएको थियो । घटनामा बाँकेका पाँच जना र भारतको बहराइच जिल्लाका तीन जना घाइते भएका छन् ।
घाइतेहरूलाई उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज पठाइएको थियो। थप उपचार आवश्यक परेपछि घाइते शिवप्रसाद चमार र रामदिन हरिजनलाई बिहान ८: ४५ बजे भारतको लखनउ रिफर गरिएको छ ।
आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लुद्रबहादुर केसीको कमान्डमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो। नेपालगञ्ज उपमहानगरपालिकाका दुई र कोहलपुर नगरपालिकाको एक दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो ।
प्रहरीले आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको जानकारी दिदै अन्य भौतिक तथा आर्थिक क्षतिको विवरण भने खुल्न बाँकी रहेको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।