- राजमार्गअन्तर्गत क्षतिग्रस्त सडक मर्मतको काम गिम्दीबेँसीमा मात्रै बाँकी रहेको सडक डिभिजन भक्तपुरले जानकारी दिएको छ । सडक डिभिजन भक्तपुरका अनुसार गिम्दीबेँसीमा भइरहेको सडक निर्माणको काम केहि घण्टाभित्र सम्पन्न गरी आजै यातायात सञ्चालनमा ल्याइनेछ ।
काभ्रे : रोशी खोलाले क्षति पुर्याएपछि दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग आज सञ्चालनमा आउने भएको छ ।
राजमार्गअन्तर्गत क्षतिग्रस्त सडक मर्मतको काम गिम्दीबेँसीमा मात्रै बाँकी रहेको सडक डिभिजन भक्तपुरले जानकारी दिएको छ । सडक डिभिजन भक्तपुरका अनुसार गिम्दीबेँसीमा भइरहेको सडक निर्माणको काम केहि घण्टाभित्र सम्पन्न गरी आजै यातायात सञ्चालनमा ल्याइनेछ ।
बीपी राजमार्गअन्तर्गत गिम्दीबेँसीमा रोशी खोलाले करिब ३० मिटर सडक बगाएको छ । उक्त स्थानमा सडकको भित्ता खनेर नयाँ मार्ग निर्माण गर्नुपर्ने भएकाले मर्मतमा समय लागेको हो ।
त्यस्तै, रोशी खोलाले राजमार्गका आधा दर्जन स्थानमा क्षति पुर्याएको छ । सडक अवरुद्ध भएपछि बीपी राजमार्ग भएर चल्ने सवारीसाधन भकुण्डेबेँसीमा रोकिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
शाहरुखको फिल्म ‘किङ’ को विदेश प्रदर्शन अधिकार १७५ करोडमा बिक्री
-
दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग आजै खुल्ने
-
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट थप १५० हेक्टर जमिन सिँचाइ
-
प्रेस स्वतन्त्रताको पक्षमा एमाले, सरकारी हस्तक्षेपको विरोध
-
आजदेखि नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर लागू, सवारीसाधनअनुसार शुल्क निर्धारण
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।